१२ मंसिर २०८३, शनिबार

शान्तिपूर्ण र निष्पक्ष रुपले निर्वाचन सम्पन्न हुन्छः अर्थमन्त्री कार्की

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इनरुवा, २७ कात्तिक । नेपाली कांग्रेसका नेता तथा अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले पहिलो र दोस्रो चरणमा हुने प्रदेश तथा प्रतिनीधिसभाको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र रुपले सम्पन्न हुने बताउनुभएको छ ।

सुनसरीको रामधुनी नगरपालिकामा आइतबारदेखि शुरु भएको प्रथम रामधुनी गोल्डकप नकआउट फुटबल प्रतियोगितामा शुभकामना दिदै मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।

उहाँले निर्वाचन सम्पन्न गराएपछि देशलाई शान्ति सुव्यवस्था तथा राजनीतिक स्थिरतातर्फ चाँडै अगाडि बढाउने बताउनुभयो ।

सुनसरी क्षेत्र नं ४ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका अर्थमन्त्री कार्कीले आफूलाई निर्वाचित गराएको खण्डमा यहाँ एउटा ठूलो राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । – रासस