काठमाडौँ, २६ कात्तिक । काठमाडौँ क्षेत्र नम्बर १ का नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले आगामी चुनावमा आफूले नै जित हासिल गर्ने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोका क्रममा सिंहले अन्यभन्दा आफू नै बलियो उम्मेदवार रहेको दाबी समेत गरेका छन् ।
यसअघि पनि आफू दुई पटकसम्म निर्वाचित भइसकेकाले अब पनि जित हासिल गर्नेमा आफू पूर्ण रुपमा विश्वस्त रहेको उनले बताए । आफ्ना प्रतिद्वन्द्वी प्रतिआक्रमक शैलीमा भाषण गर्ने नेता सिंहले काठमाडौँ क्षेत्र नम्बर एकमा आफू सेट भइसकेको दाबी गरे ।
उनका प्रतिद्वन्द्वीको रुपमा विबेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्र, एमाले–माओवादी गठबन्धनबाट अनिलकुमार शर्मा तथा नयाँ शक्ति पार्टीका नारायण ढकालको पनि उम्मेदवारी परेको छ । यस्तोमा काठमाडौँ १ मा उम्मेदवारहरुबीच निकै कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । यो क्षेत्रमा भोट आफ्नो पक्षमा पार्नका लागि सबै उम्मेदवारहरुले निकै प्रचारप्रसार गरिरहेका छन् ।











प्रतिक्रिया