१२ मंसिर २०८३, शनिबार

बर्दियामा वामदेवले ‘सबका मिली नागरिकता’ भन्दै अवधी भाषामा सम्बोधन गरेपछि…

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– डिलप्रकाश गौतम

बर्दिया, २६ कात्तिक । अवधी भाषाभाषीहरु भएको गाउँमा अवधी भाषामै बामदेव गौतमले चुनावी सभालाई सम्बोधन गर्नुभएको छ ।
नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनीधि सभा निर्वाचन बर्दिया १ का उम्मेदवार बामदेव गौतमले बर्दियाको गुलरिया ७ स्थित चौघुर्जी गाउँमा बसोबास गर्ने अवधी भाषाभाषीहरुको बीचमा अवधी भाषामै चुनावी सभा सम्बोधन गर्नुभएको हो ।

करिव एक घण्टा उक्त चुनावी सभालाई सम्बोधन गर्नुभएका गौतमले पुरै समय अवधी भाषामै भाषण सक्नुभयो । स्थानीय भाषामै भाषण गर्नुभएका कारण प्रत्येक भाषणमा स्थानीय मतदाताले तररररर तालीले पटक पटक स्वागत गरेका थिए । चुनावी सभा सम्बोधनको क्रममा २०५१ सालमा मनमोहन प्रधानमन्त्री भएको समयमा छुट्टै आयोग बनाएर करिव ४० लाख नागरिकताविहिन नेपालीलाई नागरिकता बितरण गरेको गौतमले बताउनुभयो । त्यसैगरी गौतमले एमालेको नेतृत्वमा २०५४ सालमा र २०६३ सालमा घरघरै टोली पठाएर नागरिकताविहिनलाई नेपाली नागरिकता दिएको बताउँदै बामपंथी सरकारले पुनः छुट भएका नेपाली नागरिकलाई ६ महिनाभित्रआयोग बनाएर घर घरमा नागरिकता प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

बर्दियाको सदरमुकाम गुलरियाको नजिकै रहे पनि उक्त गाउँविकास र सम्बृद्धिका दृष्टिकोणले निक्कै पछि परेको भन्दै गौतमले भन्नुभयो ‘चौघुर्जी गाउँमे सवके बनेगापक्क घर ।’ प्रत्येक बर्ष बाढीको समस्या झेलेका स्थानीयले बाढीलाई स्थायी रोकथामगर्न माग गरेपछि उम्मेदवार बामदेव गौतमले बबई नदिको मुहान देखि ठूला ठूला ड्यामबनाएर पोखरीहरु निर्माण गरी बढी पानीपोखरीमा संजय गर्ने र बर्षभरी सिचाई गर्ने त्यसैगरी बबईको वरीपरि दुबै तर्फ स्थायी तटबन्ध निर्माण गरी बाढीको समस्या बर्षौ सम्म समाप्तगर्ने गरी योजना बनाएको बताउनुभयो ।

त्यसैगरी बाम गठबन्धनका तर्फबाट पप्रदेश सभा १ (२) का उम्मेदवार तिलश शर्मा हिमालले निम्नवर्गको उत्थानका लागि आफ्नो सम्पूर्ण जीवन त्याग गर्ने प्रतिबद्धता जनाउनुभयो । २०४० सालदेखि राजनीतिक जीवनयात्रा सुरु गर्नुभएका हिमालले प्रदेशको नेतृत्वमा गर्ने दावी गर्दै मधेशी समुदायको समस्या समाधानगर्न अग्र पंतीमा उभिने बताउनुभयो ।

बर्दियाको गुलरिया ४ रामपुर र गुलरिया ७चौघुर्जीमाभएको संयुक्त चुनावी सभामा राप्रपाका जिल्ला सदस्य रामकृष्ण शर्मा सहितको दर्जनौ नेता तथा कार्यकर्ताहरु बाम गठबन्धनमा प्रवेश गरेका छन् ।