१२ मंसिर २०८३, शनिबार

विप्लवको गाउँमा वर्षमानमाथि गोली प्रहार, ३ जना पक्राउ

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा, २६ कात्तिक । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवं प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार वर्षमान पुनमाथि पुनः आक्रमण भएको छ ।

शनिबार माइन बम विस्फोटका साथै फायरिङको सामना गरेका वर्षमानमाथि २४ घण्टा नवित्दै आइतबार रोल्पाको रामचीबाट दुई खोलीतर्फ जादै गर्दा केउरीमा नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीका कार्यकर्ताले भीरबाट ढुंगा लडाउनुका साथै गोली समेत प्रहार गरेका छन् ।

केउरी विप्लवको गाउँ समेत हो । घना जंगलरहेको वागमारामा विप्लवका कार्यकर्ताले पहिले ढुंगामुडा गरेको र गाडी रोकेपछि पेस्तोलबाट उनीहरुले गोली समेत प्रहार गरे बताउँदै पुनसँगै रहेका माओवादी केन्द्रका एक नेताले भने- तर, हामी सबै सकुशल छ । उनका अनुसार प्रहरी लगत्तै जवाफी फायरिङ गरे विप्लवका कार्यकर्ता भगाएको थियो ।

प्रहरीले घटनास्थलबाट विप्लवका ३ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शनिवार मात्रै विप्लव माओवादीका कार्यकर्ताले पुन चडेको गाडीमाथी माइन बिस्फोट गराएका थिए ।