काठमाडौँ, २६ कात्तिक । श्वेता खड्काको निर्माणमा बनेको ‘कान्छी’ र अनमोल केसीको ‘कृ’ रिलिज मिति एकै दिन परेपछि इन्डष्ट्रीमा हलचल भएको छ । यी दुई बहुप्रतिक्षित चलचित्र एकै दिनमा रिलिज हुने भएपछि दर्शकमा पनि अन्यौल छाएको छ । यस्तोमा ‘कान्छी’ कि नायिका तथा निर्मात्री श्वेता खड्काले दर्शकलाई स्पष्ट पार्दै एक फेसबुक स्टाटसमार्फत एकै मितिमा बहुप्रतिक्षित फिल्म नलाग्ने विश्वास दिलाएकी छिन् । श्वेताको स्टाटस यस प्रकार छः
‘करिव २ बर्षको बिश्राम पश्चात बनेको मेरो चलचित्र ’कान्छी’ ले तय गरेको माघ २६ लाई अनमोल केसी अभिनित ‘कृ’ले पनि आफ्नो रिलिज मिति तोकेको अपुष्ट खबरले यतिखेर सिनेमा बजार तातेको छ । मैले आत्मादेखि नै आदर गर्ने आदरणीय दाजु भुवन केसी र सुवाश गिरी ज्युले निर्माण गर्नु भएको ‘कृ’ले कान्छी कै रिलिज मितिलाई आफ्नो सिनेमाको रिलिज मितीको रुपमा तय गर्नु भएको खबर केही अनलाइन मिडिया मार्फत बाहिरिनुले हामी दुबैको सिनेमा एक अर्काको प्रतिद्वन्दीको रुपमा बजारमा उत्रने शंका उपशंका गरिएको छ । र, यसले दर्शक दिर्घामा केही नैराश्यता उत्पन्न भएको अनुभव गरेकी छु ।’
‘अफिसियल रुपमा बाहिर नआएको यो समाचारले यी दुबै फिल्म हेर्न आतुर दर्शक दिर्घाको मनमा निराशा पैदा गरेको गुनासाका शब्दहरु मेरो मोबाइल र सामाजिक सञ्जालको म्यासेज बक्समा निरन्तर आइरहेका छन् । हुन त फिल्मी क्षेत्र आफैमा व्यवसायिक क्षेत्र भएकोले यसमा नाफा घाटाको बिषय पनि प्रमुख भएर आउँछ । कसलाई घाटामा लाने र कसलाई नाफामा लाने भन्ने अन्तिम निर्णय भगवान सरह दर्शक दिर्घाकै हातमा छ तर नाफा घाटाको बिषयलाई एउटा कुनामा पन्छाएर दर्शक दिर्घाको चाहनालाई मनन गर्ने हो भने यि दुई बहुप्रतिक्षित सिनेमा एकैसाथ नआओस् भन्ने एथेस्ट प्रतिकृयाहरु पाएको छु । हामीलाई कलाकारको रुपमा स्थापित गराउने दर्शकहरु नै हुन् ।’
‘अतः हामीले दर्शक दिर्घाको भावनालाई लत्याउनु भनेको कलाकारिताको धर्मबाट बिमुख हुनु खोज्नु सिवाय केही होइन । यो फिल्म इन्डष्ट्री हाम्रो मन्दिर हो भने हामी कलाकारहरु यस्का पूजारी हौ र दर्शकहरु हाम्रा भगवान । हामीले हाम्रो इण्डष्ट्रीलाई मन, वचन र कर्मले स्वच्छ, सफा र सुन्दर बनाई राख्न सक्नु पर्दछ । यो कार्यमा हामी सबैले कुनै रिस, राग र द्वेश नराखी पवित्र भावका साथ अगाडि बढ्नु सिवाय अन्य उपाए देख्दिन । ‘कान्छी’ र ‘कृ’ले हाम्रो फिल्म इन्डष्ट्रीमा भईरहेको बेथितीहरुलाई आत्मसाथ गर्दैन । बरु हाम्रो सिनेमा क्षेत्रमा देखिएको यावत समस्याहरुलाई समाधानका लागि सामुहिक पाईला चाल्ने छ ।’
‘सिनेमा जगतलाई नजिकबाट चिनेका र बुझेका हामी दुबै टिमले दर्शकहरुलाई निरास पार्ने काम भएमा हामीले हामीलाई फिल्म इन्डस्ट्रीको ‘कलाकार’का रुपमा चिनाउन पनि लाजमर्दो हुने यथार्थ लाई दुबै पक्षले मनन् गरेका छौ र हामी दुबै टिमबाट दर्शक दिर्घालाई निरास पार्ने काम हुने छैन भन्ने म मेरो ब्यक्तिगत प्रतिवद्धता जाहेर गर्न चाहन्छु ।’















प्रतिक्रिया