१२ मंसिर २०८३, शनिबार

निर्वाचन आयोगले सुरक्षा प्रमुखहरूसँग छलफल गर्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक । चुनावी सुरक्षामा थ्रेट बढेसँगै निर्वाचन आयोगले उम्मेदवार र मतदाताको सुरक्षाका विषयमा छलफल गर्न सुरक्षा निकायका प्रमुखसँग छलफल गर्ने भएको छ ।

आयोगले दिउँसो १ बजे चारवटै सुरक्षा निकायका प्रमुख, प्रतिनिधि तथा गृह मन्त्रालयको सुरक्षा महाशाखासँग परामर्श गर्न लागेको हो । आयोग प्रवक्ता नवराज ढकालले दिउँसो १ बजे सुरक्षा निकाय प्रमुखसँग छलफल गर्न लागेको जानकारी दिए ।

केही दिनअघि सिन्धुपाल्चोकमा उम्मेदवारलाई सुरक्षा थ्रेट आएको जानकारीमा आएको थियो । शुक्रबार माओवादी केन्द्रका उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्माको गाडीलाई लक्षित गरी बम प्रहार भएको थियो ।

शनिबार नै माओवादी केन्द्रकै रोल्पाका उम्मेदवार वर्षमान पुनको गाडीलाई लक्षित गरी माइन बिस्फोट गराइएको थियो । घटनाप्रति वाम गठबन्धनका शीर्ष नेताहरुले निर्वाचन आयोग र सरकारको ध्यानाकर्षण गराएका थिए ।