३ कार्तिक २०८३, मंगलबार

सृष्टि आउट भएपछि प्रियंका पुगिन मुम्बई

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली फिल्म ‘गाजलु’मार्फत् डेब्यु गर्नुअघि पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले बलिउड फिल्ममा समावेश एउटा गीतबाट अभिनय थालेकी थिइन् । सृष्टिको बलिउड कनेक्सनमा कसैलाई पनि शंका थिएन ।

सृष्टिले यशराज फिल्मसले बनाउन लागेको ‘संदीप और पिंकी फरार’मा अभिनय गर्न लागेकी छिन् । सृष्टिले फिल्म खेल्ने कुरा सत्य नभएको बताएकी छिन् ।

उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै पत्रकारको काम सुसूचित गर्ने रहेको र गलत सूचनाले नकारात्मक असर गर्ने भन्दै पत्रकारलाई सही सूचना दिन पनि नसिहत दिएकी थिइन् ।

उनले समाचारमा प्रतिक्रिया दिँदै आफूले कहिलै बलिउड फिल्मका लागि प्रयास नै नगरेको पनि बताएकी थिइन् । पत्रकारलाई गलत सूचना दिन हुन्न भन्ने सृष्टिले आफैंले भने झुटो बोलेको देखिएको छ ।

स्रोतका अनुसार सृष्टिले फिल्मका लागि अडिसन दिएको तर पास नभएपछि आफूले प्रयास नै नगरेको बताएकी हुन् । किनकि सृष्टि ‘लाउरे’को सुटिङ लगत्तै प्रेमी सौगातलाई समेत साथै लिएर मुम्बई हान्निएकी थिइन् ।

सृष्टिको समाचार आइरहँदा प्रियंका कार्कीले अडिसनकै लागि आफू मुम्बई गएको बताएकी थिइन् । सृष्टि अडिसनमा पास नभएपछि सोही भूमिकाका लागि प्रियंका कार्की मुम्बई गएको हुन सक्ने धेरैको अड्कल छ ।