३ कार्तिक २०८३, मंगलबार

चर्चित कलाकार सिद्दकीले थुप्रै महिलासँग…

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता नवाजुद्दीन सिद्दकीको आत्मकथा ‘ऐन अर्डिनरी लाईफ’ अहिले चर्चामा छ । उत्तर प्रदेशको मुजफ्फनगर जिल्लाको एक सानो गाउँ बुढानामा सन् १९७४ मे १९ मा जन्मिएका नवाजका पिता एक किसान थिए । नौ जना भाई बहिनीमध्ये नवाज एक थिए । नवाजको परिवार निकै ठूलो थियो तर आयश्रोत सानो ।

उनको बाल्यकाल अभावै अभावमा बित्यो । एउटा गरीब परिवारमा जन्मिएको नवाजले आज बलिउडमा जुन स्थान बनाएका छन् त्यो निकै गर्व गर्न लायकको छ । उनको आत्मकथाको केही पाना ‘मिड डे डट कम’मा प्रकाशित भएको छ । जसमा नवाजले मुम्बईमा आफ्नो पहिलो प्रेमदेखि लिएर आफ्नो विवाहसम्मको कुरा खुलाएका छन् ।

उनले खुलाएका छन् की कसरी उनी सुनिता नाम गरेकी एक युवतीसँग प्रेममा पागल थिए र एकदिन उनी टाढा गइन् । त्यसपछि उनको जीवनमा न्यूजर्सीकी सुजैन आइन् । फेरि, फिल्म ‘मिस लवली’को सेटमा निहारीका सिंहसँग उनको प्रेम सम्बन्ध रह्यो ।

मुम्बईमा रहँदा सुनितासँग प्रेम सम्बन्ध रहेको तर करिअरमा असर पर्ने भन्दै सुनिताले उनलाई छाडेर गएको नवाजले उल्लेख गरेका छन् । त्यसपछि उनको प्रेम सम्बन्ध अमेरिकाको न्यूजर्सीकी सुजैनसँग भयो । उनी नवाजसँगै मुम्बइमै बस्न आइन् । फिल्मको शुटिङमा पनि सुजैन नवाजसँगै पुग्थिन् । सुजैनको भिसा सकिएपछि उनी अमेरिका फर्किइन् ।

त्यसपछि उनले ‘मिस लवली’को सेटमा निहारिकालाई भेटे र दुवै एक अर्कासँग प्रेममा लिप्त भए। तर उनीसँग पनि नवाजको सम्बन्ध लामो हुन सकेन । यस आत्मकथामा उनले आफ्नो यौन जीवनको बारेमा पनि खुलेर लेखेका छन् ।

उनले सुनिता, सुजैन र निहारिकासँग सम्बन्ध बनाएको र आफूले उनीहरूलाई स्वार्थको लागि मात्र प्रयोग गरेको स्वीकारेका छन्। नवाजले आफ्नो आवश्यकता पूर्तिको लागि मात्र निहारिकाको घर जाने गरेको उल्लेख गरेका छन् । उनको विवाह अञ्जलीसँग भइसकेको छ । निहारिकासँग सम्बन्ध टुटेको २ महिनापछि अञ्जली उनको जीवनमा आएकी थिइन् । – एजेन्सी