१ कार्तिक २०८३, आइतबार

हुवावेको नोभा ३ आई स्मार्टफोन नेपाली बजारमा

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । हुवावेले नयाँ विशेषतासहितको नोभा २ आर्इ स्मार्टफोन नेपाली बजारमा ल्याउन लागेको छ ।

फुल भ्यु डिस्प्ले तथा फ्रन्ट र ब्याक डुअल लेन्स भएको यो फोन केही दिनपछि बजारमा उपलब्ध हुनेछ ।

अक्टा कोर किरिन ६५९ प्रोसेर रहेको यो फोनको ४ जिबी र्‍याम र ६४ जिबी मेमोरी रहेको नोभा २आइमा एकै पटक धेरैवटा एप्लिकेसन चलाउन सकिन्छ । ३३४० एमएएच ब्याट्री रहेको यो फोनलाई स्मार्टप्रिन्ट सेन्सरले सुरक्षित बनाएको छ ।

हुवावेको स्मार्टफोनमध्ये फुलभ्यु डिस्प्ले भएको नोभा २ आइ पहिलो डिभाइस हो । ५.९ इञ्च स्क्रिन भएको यो स्मार्टफोनमा स्पष्ट, सफा उज्यालो इमेजको मजा लिन सकिने हुवावेले जनाएको छ । पछिल्लो समय ट्रेन्ड बनेको १८.८ आस्पेक्ट रेसियो राखिएको छ ।

यसमा १३ मेगापिक्सेल २ मेगापिक्सेलको क्यामरा र १६ मेगापिक्सेलको रियर क्यामरा रहेको छ । यसमा रहेको २ मेगापिक्सेल आरजिबी लेन्सले फोटोको गहिराइलाई खिच्न मद्दत पुर्‍याउँछ ।

यो फोनमा रहेका फिङ्गरप्रिन्ट सेन्सर, युएसबी सकेट, फ्ल्यासलगायत सबै विशेषताहरुलाई मिलाएर डिजाइन गरिएको छ । हुवावे नोभा २आइमा हुवावे हिस्टेन अडियो सिस्टम पनि राखिएको छ ।