१५ कार्तिक २०८३, आइतबार

चुनाव जित्न यस्तोसम्म गरिन प्रधानमन्त्री पत्नी आरजुले, नेता कार्यकर्ता नै चकित !

6.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २३ कात्तिक । कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ कांग्रेसबाट उम्मेदवार बनेकी आरजू राणा देउवाले धनगढीमा नयाँ घर खरिद गरेकी छन् । निर्वाचन प्रचारका क्रममा विपक्षीले ‘पर्यटक उम्मेदवार’ भनेपछि उनले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित उत्तरबेहडीमा सुविधासम्पन्न घर किनेकी हुन् ।

तीन कट्ठा तीन धुर क्षेत्रफलमा बनेको दुई तलाको घर खरिदका लागि उनले आधा रकम बैना गरिसकेको खुलेको छ । यति मात्र होइन, उनी नयाँ घरमा बुधबारदेखि बस्न पनि थालेकी छन् । स्थानीय शारदा हमालको नाममा रहेको जग्गासहित ६ हजार पाँच सय वर्गफिटको घर झन्डै तीन करोड रुपैयाँमा खरिद गरेको जनाइएको छ । हमालले तीन वर्षयता घर बिक्रीमा राखेकी थिइन् ।

आरजू कात्तिक १४ गते धनगढी आएकी थिइन् । त्यसलगत्तै उनले निर्वाचन प्रचार थालेकी थिइन् । उनले धेरै कार्यक्रममा ‘माइतीले कन्यादान गरेर सुदूरपश्चिम दिएको’ उल्लेख गर्दै आफू सुदूरपश्चिमकी बुहारी भएको बताउँदै आएकी थिइन् । उनी साइत हेरेर नयाँ घरमा सरे पनि नामसारीको काम भने सकिएको छैन । घरधनी हमालले आरजूले बैना दिएको तर बैंकको काम हुँदासम्म समय मागेकाले घरजग्गा पास गर्न केही समय लाग्ने बताइन् ।

घर खरिद गरी सरेको थाहा पाएपछि पत्रकारहरू त्यहीं पुगेका थिए । नयाँ घरको आँगनमा बसिरहेको भेटिएकी उनले भने धनगढीमा घर किन्ने सोच बनाएको प्रतिक्रिया दिँदै कुरा मिलेपछि खरिद गर्ने बताइन् ।

उनको घर मुख्य बजार र पक्की सडकबाट झन्डै तीन सय मिटर आवासीय क्षेत्रमा पर्छ । त्यहाँ जानका लागि तीन सय मिटरजति कच्ची सडक हिँड्नुपर्छ । तर, बुधबारदखि नै मुख्य सडकबाट उत्तरतिरको सडकमा ग्राभेल हालेर पक्की बनाउने तयारी थालेको स्थानीयले बताएका छन् । उक्त सडकको एउटा खण्ड अहिले सघन शहरी विकास आयोजनाबाट पक्कि हुने टेन्टरमा परेको छ । असारमै ठेक्का भएको सडक आरजुले घर किन्ने वित्तिकै पक्की हुन सुरु भएको स्थानीयले बताएका छन् ।

धनगढी प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो संविधानसभा निर्वाचन जितेको क्षेत्रसमेत हो । देउवा त्यस बेला डडेलधुरा र तत्कालीन कैलाली निर्वाचन क्षेत्र नम्बर ६ बाट निर्वाचित भएका थिए । यसपटक कैलालीमा प्रतिनिधिसभाका लागि पाँच निर्वाचन क्षेत्र छन् । अन्नपूर्ण पोष्टमा समाचार छ ।