काठमाडौं, २३ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रबीच तालमेल भएपछि आत्तिएका नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरूले जसरी पनि आफ्ना उम्मेदवारहरूलाई जिताउनु पर्छ भनेर मैदानमा उत्रिएका छन् ।
स्थानीय तहको निर्वाचनमा आन्तरिक समस्या समाधान गर्न नसकेका कारण एमालेलाई ठूलो पार्टी बनाएको पीडा भुल्न कांग्रेसका नेता तथा कार्यकर्ताहरू प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन कम्मर कसेर लागेका हुन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
केही स्थान बाहेक नेपाली कांग्रेसका उम्मेदवारहरूले सहज रुपमा जित्ने कांग्रेस नेताहरूको भनाई छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले स्थानीय तहको जस्तो अवस्था अहिले नरहेको बताए । ‘त्यस बेला हामीभित्रको केही समस्याले कांग्रेस पराजित भएको हो’, उनले भने,‘अहिलेको अवस्था त्यस्तो छैन । कांग्रेस एक जुट भएको छ ।’
हुन पनि एमाले र माओवादी केन्द्र मिलेर उम्मेदवारी दिएका धेरै स्थानहरूमा कांग्रेसका साधारण उम्मेदवारहरूले पनि जित्ने अवस्था आएको छ । बरु प्रचण्ड जस्ता हस्तीलाई नै समस्या आउने हो कि भनेर आशंका गर्न थालिएको छ । नेपाली जनताको मनै त हो । जता पनि भोट हाल्न सक्छन् ।
काठमाडौं क्षेत्र नं. १० मा नराम्रोसँग पराजित भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चितवन क्षेत्र नं. ३ मा राप्रपा (प्रजातान्त्रिक)का नेता बिक्रम पाण्डेले पराजित गर्ने धेरै सम्भावना छ ।












प्रतिक्रिया