३ कार्तिक २०८३, मंगलबार

‘अघि बढ प्रचण्ड, जनतासाथमा छ’ भन्दै बद्री पंगेनीले गाए चुनावी गीत (भिडियोसहित)

11.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ कात्तिक । बद्री पंगेनीले गाएको ‘मैपनि एमाले, सहि पनि एमाले’ बोलको चुनावी गीतको अपार सफलतापछि फेरी उनले गाएको अर्को चुनाबी गीत बजारमा आएको छ । पंगेनीले माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार पुष्प कमल दाहाल ‘प्रचण्ड’को लागि गाएको अर्को चुनाबी गीत ‘अघि बढ प्रचण्ड’ बजारमा आएको हो ।

सो गीतमा पंगेनी र मञ्जु गुरुङको स्वर रहेको छ भने शब्द/संगीत बद्री पंगेनीकै रहेको छ । बाम गठबन्धनबाट उमेद्वार बनेका प्रभावशाली नेता प्रचण्डलाई चितवनबासीले जिताउनै पर्ने कुरा उक्त गीतमार्फत बद्री पंगेनीले बताएका छन् । पंगेनीले गाएको गीत तथा भिडियो यस्तो छः

 

https://www.youtube.com/watch?v=lIx9iOuzye0