– जम्बला लामा
मधेसी हौ भन्ने मधेसी दलको नेताहरु ‘एक से एक’ मनको बाघले खाएकोजस्तो महसुुुुस भएको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब भन्थे मधेस एक प्रदेश हुन्छ । र, अहिले पनि भन्दैछन् । उनले मधेसी जनतालाई बेवकुफ बनाइरहेका छ । अर्थात फेरिपनि उनले मधेस आन्दोलनमा बोलेको भाषा प्रयोग गरी दुई नंबर प्रदेशमा आफू पहिलो पाटी बन्ने र त्यसपछी मधेस एक प्रदेश कायम गर्नेछु । तर दुई नम्बर प्रदेशको स्थानीय तहको चुनावमा यादवले भन्दै थियो मेरो पार्टी प्रथम पार्टी हुन्छ । यदि जनताले मधेस एक प्रदेशप्रति तन मन र बचनले सहयोग गरेको भए उपेन्द्र यादवको पाटी सबैभन्दा ठूलो पार्टी हुने थियो । तर किन भएन ? स्थानीय तहको निर्वाचनले नै सबै मधेसी दलको पहिचान देखाएको नै थियो मधेसी जनताले ।
नाकाबन्दीको विरोधमा सशक्त आवाज उठाउने धनराज गुरुङलाई टिकट नदिने, भ्रष्टाचारको अभियोगमा जेल सजायँ भोगिसकेका खुमबहादुर खड्कालाई टिकट बाँडफाँडको जिम्मा दिने कांग्रेस यस्ता गतिविधिले बरवादी तन्त्रतिर लागेको छ ।
यदि जनविश्वास भएको भए मधेसी जनताले १३६ स्थानीय तहको चुनावमा उपेन्द्र यादवलाई प्रथम पाटी बनाएर मधेस एक प्रदेश लाई सहयोग पु-याउने थियो । फेरिपनि २०६२/०६३ को जनआन्दोलनमा जस्तो गरी हिरो बनाउने थियो । तर उनले जनतालाई जिरो बनाउने र आफ्नो स्वार्थ लाभको लागी जे पनि गर्न तयार भएको कारणले गर्दा उनको पार्टीले मुस्किलले २६ स्थानीय तहको सिटमात्र हात पार्न सफल भए यादवले । कहाँ छ यादवको जनविश्वास ?
महा चलाख चतु-याई महतो
अर्थात महाचतु-याई व्यक्ति हुन राजपा अध्यक्ष मण्डलको नेता राजेन्द्र महतो । महतोले २०७२ सालको अशोज ३ गते संविधान सभाबाट संविधान घोषणा गरेलगतै महतोले भारतको रक्सौलमा गएर नेपाली जनविरोध गरी नाकाबन्दी गर्ने अग्रपन्तीमा बसी विरगञ्ज र भारत रक्सौलको पुलमा बसी भारतीयले दिएको भोज भतेर खाएर नेपालीलाई रुवाएको महाचतु-याई भएर नाम कमाएको व्यक्ति हुन महतो । २०७० को दोस्रो संविधान चुनावबाट महतो हारेपनि उनले समानुपातिक तहबाट आफ्नो श्रीमतीलाई सभासद बनाएका थिए र अब हुन गइरहेको प्रदेश सभा र केन्द्रको चुनावमा पनि महतोले करौडौ असुलेर समानुपातिकको तर्फमा पहाडीया जिल्लाको महिलालाई समानुपातिकमा नाम दर्ता गरेको अखबारहरुमा लेखेको पाइयो । महतो आर्थिकमा आँखा गाड्ने व्यक्तिले मधेसी जनताको हित अनुकुल कार्य गर्न सक्छन भन्ने विचारहरु मधेसी जनसमुदाय नै आँकलन गरेको छु । अर्थात राजेन्द्र महतोले आर्थिक मात्र पायो भने उनले तराई मधेसलाई पनि भारतलाई विक्रि गर्न सक्छ उनले । मधेसी जनविचार यस्तो आएको छ । संविधान निमार्णको बहानाबाजी गरी मधेसीलाई राज्यबाट उपेक्षा गरेको भनी गरिब निमुख मधेसी जनतालाई उक्साएर आन्दोलन गराएको थियो । आन्दोलनको क्रममा धेरै व्यक्तिको जनधन क्षति भएको थियो । राजेन्द्र महतोले यस आन्दोलनको लेखाजोखा नै नगरी मात्र आर्थिक प्रलोभनमा परी पहाडीया महिलालाई समानुपातिक सभासद विक्रि गर्नुहुन्छ ? मधेसी जनताको भनाई । खोइत सहिद परिवारको कदर गरेको ? आन्दोलन गर्नु परेमा मधेसी जनतालाई गुहार्नु पर्ने । समानुपातिक सभासद दिनु परेमा पहाडिया महिलालाई समानुपातिक सभासद विक्रि गर्ने ? मधेसी जनआवाज हरु यस्तै आइरहेको छ ।
अर्को चतु-याई
महतोले आफ्नो कर्मथलो गृह जिल्लालाई अर्थात सर्लाहीलाई त्यागेर अर्को जिल्ला धनुषाबाट चुनाव लड्ने निर्णय गरी आफुले त्यहाबाट जितेको खण्डमा प्रदेश २ को मुख्य मन्त्री बन्ने ठुलो लक्ष्य गरेका छन। कारण थियो स्थानीय निर्वाचनमा जनकपुर उपमहानगरपालिकामा कांग्रेसलाई धेरै मतान्तरले पछी पार्दै राजपाले जित हासिल गरेपछी राजेन्द्र महतोको एकाएक महत्वाकांक्षा चुलियो र आफ्नो कर्मथलो सर्लाही जिल्ला ४ मा भएपनि त्यहाबाट चुनाव जित्ने सम्भव नदेखिएपछी महतोले धनुषातिर मोडेर उनले विमलेन्द्र निधिसँग भिड्न तम्सीए । खप्पिस महतो अर्थात तिव्र अवसरवादको दाउ हेरीरहेको र जसरी हुन्छ धनुषाको जनतालाई आफ्नो पक्षमा ल्याउने चतु¥याई गरी रहेको भन्ने जनकपुर वासीको गुनासो सुन्नमा आएको छ । महतोको सोच यस्तो छ की स्थानीय तहको निर्वाचनमा राजपाले जितेको कारण उनले त्यो मत आफुमा आउने अभिलासाले विमलेन्द्र निधिसँग टक्कर लिन त्यहाँबाट उम्मेद्वारी दिएको मधेसी जनसमुदायलाई महसुस भएको छ । तर त्यसको परिणाम भने चुनावमा खसेको मत परिणामले को जित्ने को हार्ने हेर्न बाकी नै छ । र मधेसी दलहरु दल अदल बदल गर्न पनि पछी पर्दैनन् । अनी पार्टीहरुले मधेसी जनहित काम गर्ला त ?
राजपा, राजेन्द्र महतोको निर्णयहरु
महतोले पाएसम्म आफन्त, नपाए ग्राहक खोजेर टिकट विक्रि गर्ने र राजपा दलभित्र इमान्दार र स्वच्छ छविको नेता कार्यकर्तालाई विभेद गर्दै प्रहरीको मष्टवान्टेड सुचिमा रहेको व्यक्तिहरुले टिकट हत्याउने क्रम पनि बढेको थियो । अर्थात पहाडीया जिल्ला स्याङ्जाकी नरमायाँ ढकालसँग एक करोडमा टिकट विक्रि गरेको समाचार सेलाउन नपाउँदै जनकपुरको विभा ठाकुरसँग पनि २२ लाख असुलेर अनिल झा लाई टिकट दिलाएको चर्चाहरु बजारमा आएका छन् । राजपाले राज्यसँग अधिकार माग्ने तर अधिकार दिने बेलामा मधेसी दलित महिला, जनजातिलाई नै उपेक्षा गरिएको मधेसी जनसमुदायको गुनासो सुन्नमा आएको छ । सकभर आफ्नोलाई र राम्रोलाई पाखा र धनाद्यलाई वर, निर्णयहरु नै राजपाको उपलब्धी हुन भन्ने जनविचार आएको छ ।
काँग्रेसको बरवादी तन्त्रः
सर्वप्रथम तनहुँ जिल्लामा भएको वरवाद नै नेपाली काँग्रेसको बरवादी तन्त्र हो भन्ने जनसमुदायलाई महसुस भइसकेको छ । अर्थात काँग्रेसको शीर्ष नेताहरुको घमण्डीको कारण नै हुन भन्ने काँग्रेसभित्र नै खैलोबैलो भइरहेको छ । उदाहरणका लागि नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री गोविन्दराज जोशीले तनहुँ १ बाट उम्मेद्वारी दर्ता गराएका (बागी) थिए । र त्यस क्षेत्रमा काँग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले आधिकारिक उम्मेद्वारी दिएको थियो । तर, पूर्वगृहमन्त्री जोशीले आफूले टिकट नपाएपछी स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गरी शक्ति प्रदर्शन गरेका थिए । त्यसपश्चात वरिष्ठ नेता रामचन्द्र पौडेलको दाँतबाट पसिना फुटेको थियो । लौन अब म त हार्ने नै भए भन्ने अवस्था आयो । अब यसको उपचार के भनि कानूनविद्हरुसँग सल्लाह सुझाव माग गरे । त्यसपछी कानूनविदहरुले यस्तो सुझाव गरे की भ्रष्टचारी ठहर भइसकेकाले जोशीको उम्मेद्वारी कानुन अनुसार रद्ध हुनुपर्छ । अतः प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन अनुसार जोशी उम्मेद्वारको लागी अयोग्य छन्, किनभने उनलाई अदालतले भष्टाचारी ठहर गरिसकेको छ, भनि अधिवक्ता अर्थात बारको पूर्व अध्यक्ष शम्भु थापाले सुझाव दिँदै ‘उनी अहिले सर्वोच्चमा पुनरावेदन गरीरहेको भएपनि कानून अनुसार भष्टचारी नै हुन र उम्मेद्वारीको लागी पूर्ण अयोग्य छन्’ भने । यस्तै घटना सन् २००१ मा भारतकी राजनितिज्ञ जय ललिताको सम्बन्धमा पनि भएको थियो । जय ललिताले चुनाव जितेपनि सर्वोच्च अदालतले खारेज गरेको थियो । त्यस्तो उदाहरण दिदै थापाले जोशीको हकमा पनि त्यही नै लागु हुने जिकिर गरेका थिए । अन्ततः निर्वाचन आयोगले तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यको लागी स्वतन्त्र उम्मेद्वारी दिएको जोशीको उम्मेद्वारी खारेज गरिदिएको छ । जोशीविरुद्ध उनकै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गत शुक्रबार उजुरी दिएका थिए । रामचन्द्र पौडेल सोही क्षेत्रबाट पार्टीको आधिकारिक उम्मेद्वारी हुन ।
अब, काँग्रेसमा बरबादी तन्त्र
पूर्वगृहमन्त्री जोशीले अबपनि काँग्रेसको सेवा गर्छन त ? कदापी गर्दैनन् उनले । अर्थात त्यही काँग्रेसको जीवनभर धोती स्याहार गरे अन्तिममा काखमा सुताएर घाटी रेटी मारे सरह भएको जोशीले कतै सुर्य चिन्हमा भोट राख्दैनन् जनचासोको विषय बनेको छ । कतै कुरा सुनिन्छ । रामचन्द्रको बनबास अब अर्थात पौडेलको जित्ने लक्ष्य देखिदैन । जोशीकोे राजनीतिको हत्या नै ग-यो काँग्रेसले भनि तनहुँको टोल टोल बजार बजारमा यस्तो हल्लाहरु फिजिएका छन् । साथै धनबहादुर गुरुङ २०७२ को संविधानको विषयलाई लिएर भारतले नाकाबन्दी गर्दा काँग्रेसबाट प्रथम आवाज उठाउने व्यक्ति हुन । यद्यपी गुरुङ्गजस्तो काँग्रेसमा बसेर शरीर, वचन र मन लगाएर त्याग तपस्या गर्ने व्यक्तिको कदर कहाँ गयो ? काँग्रेसको बुद्धि खियो की क्या हो ? यसैको अर्थ हो बरवादी तन्त्र ।
(लेखक बौद्ध जागरण केन्द्र तथा स्तुपा फाउण्डेशनका केन्द्रिय सदस्य हुन् ।)
















प्रतिक्रिया