२९ आश्विन २०८३, बिहिबार

भुलेर पनि नगर्नुहोस् यी ५ गल्ती, हुन सक्नुहुन्छ यौन रोगको शिकार

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । यौन सम्पर्कको बेलामा सावधानी नअपनाउँदा बाहेकको समयमा पनि मानिसबाट कतिपय यस्ता गल्तीहरु हुन्छन्, जसले यौन रोग अर्थात सेक्सुअल ट्रान्समिटेड डिजिज (STD) निम्त्याउँन सक्छ । चिकित्सकहरुका अनुसार गुप्तांगको सरसफाईमा ध्यान नदिँदा तथा संक्रमित व्यक्तिको -याल, छाला, रगत, बीर्य आदीको सम्पर्कमा आएपनि यौन सर्न सक्दछ ।

के हो यौन रोग?

यौन सम्पर्कको माध्यमबाट सर्ने रोगलाई यौन रोग भनिन्छ । यो रोग कुनै ब्याक्टेरिया या भाइरसको कारणले लाग्ने गर्दछ । यौन रोगको बेलैमा उपचार नगरिए यो रोग गुप्तांगदेखि मुटु, मृगौला तथा फोक्सोलगायतका अन्य अंगहरुमा पनि फैलन सक्छ । र ती अंगहरुसम्म संक्रमण फैलिएको अवस्थामा विरामीको मृत्यु पनि हुन सक्छ ।

यौन रोग लागेमा के के लक्षणहरु देखिन्छन् त?

— क्लेमाइडिया (Chlamydia): पिसाव फेर्दा दुखाई महसुस हुनुका साथै पिसावमा रगत या पहेलो पिप निस्कनु, अण्डाशय सुन्निनु ।

— सिफिलिस (Syphilis): सुरुवाती समयमा यौनांग चिलाउने, पोल्ने, दागहरु देखिनु तथा थकान, घाँटी दुख्नु, तथा टाउको दुख्नु ।

— गोनोरिया (Gonorrhea): पिसाव फेर्दा दुखाई महसुस हुनु, हरियो, तेसो वा पहिलो पदार्थ बग्नु, अण्डाशय सुन्निनु ।

— हेपाटाइटिस ‘बी’ (Hepatitis B): ज्वरो आउनु, मांसपेशी वा जोनी दुख्नु, वान्ता हुनु, भोक नलाग्नु, जण्डिस हुनु ।

— ह्युमन पेपिलोमा भाइरस (Human Papilloma Virus, HPV): लिंगमा बिबिरा आउनु, सुन्निनु, पोलनु तथा दुखेको महशुस हुनु ।

— हर्पीज (Herpes): यौनांग चिलाउनु, पोल्नु, बिबिरा देखिनु, सुन्निनु । भोक नलाग्नु, ज्वरो आउनु, थकाई लाग्नु, कमजोर हुनु ।

यी हुन् मानिसबाट हुने ५ गल्ती जस्ले यौन रोगको शिकार बनाउन सक्दछः

१. एकभन्दा धेरै पार्टनरसँग यौन सम्बन्ध राख्नु,

२. एकभन्दा धेरै मानिसहरुसँग यौन सम्बन्ध राखेको व्यक्तिसँग यौन सम्बन्ध राख्नु,

३. यौन सम्पर्कको समयमा कण्डमको प्रयोग नगर्नु,

४. धेरै व्यक्तिले प्रयोग गर्ने सिरिन्जबाट लागु औषधको प्रयोग गर्नु,

५. अप्राकृतिक तरिकाबाट यौन सम्बन्ध राख्नु ।

यी हुन बच्ने तरीकाः

— एकजनासँग मात्रै यौन सम्बन्ध राख्ने ।

— यौन सम्बन्धलाई सुरक्षित बनाउने ।

— प्राकृतिक तरिकाबाट मात्रै यौन सम्बन्ध राख्ने ।

— नियमित परिक्षण गर्ने ।

— अरुले प्रयोग गरिसकेको सिरिन्ज प्रयोग नगर्ने ।