१५ कार्तिक २०८३, आइतबार

यो जिल्ला जहाँ एमालेले २६ वर्षदेखि अरुलाई नै जिताउँदै आयो

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा, २२ कात्तिक । २०४८ को पहिलो संसदीय निर्वाचनमा रोल्पाका दुवै क्षेत्रबाट तत्कालीन संयुक्त जनमोर्चाका उम्मेदवार कृष्णबहादुर महरा र बर्मन बुढा विजयी भए । त्यो बेला एमालेसँग चुनावी तालमेल थियो ।

तत्कालीन जनमोर्चा अर्थात् हालको माओवादी केन्द्रले २६ वर्षपछि वाम गठबन्धनका क्रममा फेरि पनि एकलौटी उम्मेदवार पाएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

एमाले फेरि पनि चुनाव जिताउने भूमिकामा मात्रै छ, एउटा पनि उम्मेदवार पाउन सकेको छैन । यो विषय वाम गठबन्धनलाई ‘भित्रैदेखि मिलाउन’ बाधक देखिएको छ ।

वाम गठबन्धनबाट माओवादी केन्द्रले प्रतिनिधि सभामा १ र प्रदेशसभामा २ उम्मेदवार पाएको छ ।

जिल्ला नै खाली गर्ने गरी भएको सहमतिप्रति एमालेका नेता कार्यकर्ता असन्तुष्ट छन् ।

एमाले जिल्ला कमिटीको १९ औं पूर्ण बैठकमा यसबारे ठूलो चर्काचर्की भयो । बैठकको मूल विषय नै यही बन्यो । बहुमत जिल्ला सदस्यले एमाले सधैं अरूलाई जिताउने भूमिकामा मात्रै रहेकोमा दुखेसो पोखे । कतिपयले चुनावी प्रचार अभियानमा हिँड्न नसकिने गुनासो समेत गरे ।