३ कार्तिक २०८३, मंगलबार

राजेशपायल राईलाई अमेरिकामा ठूलो सम्मान

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । गायक राजेशपायल राईलाई अमेरिकामा अहिलेसम्म कै ठूलो सम्मान प्रदान गरिएको छ ।

रोचेस्टर सिटीले राईको नाममा प्रत्येक वर्ष ‘राई इज किङ डे’ फेस्टिभल मनाइने भएको छ । रोचेस्टर सिटीले ‘इन्टरनेशनल पप स्टार’ को उपाधिसमेत प्रदान गरेको छ ।

गायक राईलाई अमेरिकाको रोचेस्टर सिटीका मेयर लभ्ली वारेन र डाइरेक्टर डेपुटी मेयर डा. केर्डिक एल. अलेक्जन्डरले संयुक्त रुपमा सम्मानित गरेका हुन् ।

रोचेस्टर सिटी हलमा गायक राईलाई प्रमाणपत्रसहित सम्मानित गरेको हो । कार्यक्रममा बोल्दै डेपुटी मेयर डा. अलेक्जन्डरले अब रोचेस्टर सिटीमा प्रत्येक वर्ष ‘राई इज किङ डे’ फेस्टिभलको रुपमा मनाउंने घोषणा गरे ।

सोही कार्यक्रममा राईलाई ‘इन्टरनेशनल पप स्टार’ उपाधि प्रदान गरिएको छ ।