२२ कार्तिक २०८३, आइतबार

मकवानपुर प्रहरीले ग-यो साढे ६ हजार कट्ठा अबैध गाँजा खेती नष्ट

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो ।

मकवानपुर, २१ कात्तिक । मकवानपुर प्रहरीले विभिन्न समयमा गरी साढे ६ हजार कट्ठाभन्दा बढि गाँजा खेती नष्ट/फडानी गरेको छ ।मकवानपुरको उत्तर पश्चिममा अवस्थित राक्सिराङ गाँउपालिकाका कतिपय वडामा अबैध रुपमा गरिएको गाँजा खेतीलाई मकवानपुर प्रहरीले नष्ट गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीको टोलीले अबैध गाँजा खेती नष्ट तथा फडानी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरी निरीक्षक चित्रबहादुर घलेको नेतृत्वमा खटिएको ५६ जना प्रहरीको टोलीले गत भदौ ११ देखि १९ गतेसम्मको अवधीमा राक्सीराङ गाउँपालिका वडा नं. १ देखि ९ का बिभिन्न एरियामा अबैध रुपमा लगाईएको ४४३ कट्ठा गाँजाको ब्याड र २९२ कट्ठामा लगाइएको गाँजाको बोट खेती नष्ट गरेको हो ।

त्यस्तै, गत असोज २६ देखि ३१ गतेसम्मको अवधीमा प्रहरी निरीक्षक घलेकै नेतृत्वमा खटिएको प्रहरी टोलील राक्सीराङ गाउँ पालिकाको वडा २, ३, ४, ६, ७, ८ र ९ का बिभिन्न स्थानमा अबैध रुपमा लगाईएको २ हजार ५१८ कट्ठा फडानी गरि नष्ट गरेको थियो ।

यस्तै, गत कात्तिक १२ देखि १७ गतेसम्मको अवधीमा पुनः प्रहरी निरीक्षक मधु कुमार थापाको नेतृत्वमा खटिएको ९० जनाको प्रहरीको टोलीले राक्सीराङ गाउँ पालिकाकै वडा नं. १, ४, ६, ७, ८ र ९ का बिभिन्न वडा स्थानमा गरी ३ हजार ५१४ कट्ठा अबैध गाँजा खेती फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसरी ३ पटक गरी ६ हजार ७६७ कट्ठा गाँजा खेती नष्ट गरिएको हो ।