२२ कार्तिक २०८३, आइतबार

यी हुन् बाम गठवन्धनका उम्मेदवार हिराचन्द्र केसीले जित्ने आधारहरु

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २१ कात्तिक । प्रतिनिधि सभाको निर्वाचनमा दाङ क्षेत्र नम्वर ३ मा बाम गठवन्धनका तर्फबाट उम्मेदवार वनेका हिराचन्द्र केसीको लोकप्रियता पछिल्लो समय चुलिदै गएको छ । मनोनयन दर्ता गरेसँगै चुनावी अभियानमा अविराम दौडिरहेका केसी जनताको आकर्षण देखेर दङ्ग परेका छन् । लामो समयदेखि राजनीति र सामाजिक क्षेत्रमा सक्रिय केसीको जित सुनिश्चित भएको सर्वसाधारणहरु वताउछन् ।

३ नम्वर क्षेत्र अन्तर्गत पर्ने तुलसीपुर उपमहानगरपालिकासँगै बबई र दंगिशरण गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा एमालेले उत्साहजनक वहुमत ल्याएर विजयी हासिल गरेको थियो । अर्को शान्तीनगर गाउँपालिकामा पनि अध्यक्ष वाहेक वडाहरुमा निकै उत्साहजनक नतिजा ल्याएका थियो । माओवादीको समेत राम्रो प्रभाव मानिने यस क्षेत्रमा बाम गठवन्धन भएसँगै काँग्रेससँग मतान्तर ठुलो परिणामले हुने विश्लेषकहरुको वुझाई रहेको छ ।

हिराचन्द्र केसी आफैमा नैतिकताको राजनीति गर्ने परिपक्क युवा नेता हुन् । २ दशकको राजनीतिक जीवनमा कहिल्यै पनि विवादको घेरामा नरहेका केसीले जनताका माझमा असल राजनीतिज्ञको पहिचान वनाएका छन् । पाटी भित्रका हरेक चुनावमा सधै विजय हासिल गरेका केसीले यसपटक काँग्रेसमा प्रभावशाली मानिएका नेता दिपक गिरीलाई चुनावी मैदानमा लडाउने आधारहरु धेरै छन् ।

बाम गठवन्धनको साँझा उम्मेदवार

देशै भरि अहिले एमालेप्रति आम जनताको आकर्षण वढ्दै गएको स्थानीय तहको निर्वाचनले पुष्टि गरेको छ । स्थानीय तहको निर्वाचनमा पहिलो पार्टीका रुपमा स्थापित भएको एमालेले माओवादीसँग गरेको गठवन्धनसँगै स्वतः मतदाताको संख्या वढेर गएको छ । दुइ प्रभावशाली दलको एक्लो उम्मेदवार केसीलाई विजयका लागि पनि गठवन्धनको वलियो साथ रहने निश्चित रहेको छ । केसीको क्षेत्रमा एमाले र माओवादीले स्थानीय तहमा पाएको मतलाई जोड्ने हो भने काँग्रेसलाई हायल कायल वनाउने निश्चित जस्तै देखिन्छ ।

स्थानीय निर्वाचनको सफलता

स्थानीय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकाका उम्मेदवारका रुपमा चर्चामा रहेको केसीले मेयर घनश्याम पाण्डेले निकै सघाएका थिए । पाटीले उम्मेदवारको निर्णय गर्नु अगाडि केही विमती रहेपनि पाण्डेलाई मेयरको उम्मेदवारका रुपमा पाटीले अगाडी सारेपछि केसीले आफ्नो आकांक्षा मारेका थिए । स्थानीय निर्वाचनमा केसीको भुमिका एमाले वृत्तमा अहिले पनि चर्चाको विषय वनेको छ । आकांक्षी भएर टिकट नपाउदा पनि विमती नराखेर निरन्तर निर्वाचनमा खटिएका केसीलाई पाटी पंक्तिमा इमान्दार नेतामा रुपमा लिने गरिएको छ । यस अर्थमा स्थानीय तहको निर्वाचनमा केसीले लगाएको गुण तिर्ने ध्याउन्नमा पाटी एक ढिक्का भएको छ ।

स्थानीय तहमा एमालेले विजयी हासिल गरेसँगै नमुना योग्य कामहरु भइरहेका छन् । यसले गर्दा पनि एमालेले राम्रो काम गर्छ भन्ने मानसिकता आम मतदातालाई परेको छ । लामो समय सत्तामा रहेको काँग्रेसले गर्न नसकेको केयौ कामहरु स्थानीय तहमा छोटो समयमा नै एमालेले गरेका कारणले गर्दा पनि एमालेप्रति वढ्दै गएको जनविश्वासका कारण केसीले मतदाताको मन जित्ने निश्चित छ ।

काँग्रेस भित्रको अन्तरद्वन्द्व

दाङमा खुमवहादुर खड्काको प्रभाव अहिले पनि उस्तै छ । अहिले टिकट पाउने सवालमा पनि खड्का पक्षधर नेताहरुले दाङमा धेरै टिकट पाएका छन् । गिरी खड्काको विपरित धु्रवका नेता मानिन्छन् । यसका साथै तुलसीपुर उपमहानगरपालिकाको निर्वाचनमा मेयरका उम्मेदवार गेहेन्द्र गिरीलाई वाहिरी रुपमा प्रचारमा होमिएको नाटक गरेपनि पनि आन्तरिक रुपमा सहयोग नगरेर हराएको आरोप दिपक गिरी माथि अहिले पनि कार्यकर्ताहरुले लगाउने गरेका छन् । वलियो जनमत हुँदा हुँदै पनि एक गुटले अर्को गुटलाई निषेध गर्ने दाङ्ग काँग्रेस भित्रको पुरानो रोग अहिले पनि वल्झिने निश्चित छ । एकातिर कमजोर जनाधार र अर्कातिर वाम गठवन्धनको एकिकृत शक्ति , गिरीका लागि यो निर्वाचन साच्चै निल्नु न ओकल्नु भएको छ ।

जनताले २ पटक नपत्याएका उम्मेदवार

केसीका प्रतिद्धन्दी गिरी दुइपटक निर्वाचनमा पराजय भएका उम्मेदवार हुन् । २०७० को निर्वाचनमा पनि उनले एमाले नेता उत्तरकुमार वलीसँग झिनो मतले जितेका थिए । कुनै समय काँग्रेसको गढ मानिने पश्चिम क्षेत्रमा लगातार २ पटक पराजय भोगेका गिरी कार्यकर्ता र जनता माझ लोकप्रिय नेताका रुपमा मानिदैनन् । गुण्डागर्दीमा वेलावखत मुछिरहने गिरीलाई इमान्दार कार्यकर्ताहरु खासै रुचाउदैनन् । मन्त्री भएका वेलामा आफ्नो क्षेत्रमा गतिलो काम गर्न नसकेका गिरीका साख पछिल्लो समय खस्किदै गएकाले गएको छ । मन्त्री भएकै वेला आफ्नो क्षेत्रका मतदातादालाई जथाभावि भनेपछिको घटनाले त्यो समयमा निकै ठुलो खैलावैला ल्याएको थियो ।

वागीको उम्मेदवारी फिर्ता

वाम गठवन्धनलाई केही कमजोर वनाउने गरि कुवेर वली र कोमल वलीको वागी उम्मेदवारी परेपछि केही असजिला गोरटाहरु देखिएका थिए । तर अन्तिम अवस्थामा आएर दुवैले उम्मेदवारी फिर्ता लिएर चुनावी अभियानमा निरन्तर लागेपछि भने केसीको पक्षमा जनमत वलियो वनेको छ । उम्मेदवारी फिर्ता लिएका वलिद्धय अहिले चुनावी प्रचारमा क्रियाशिल रहेका छन् ।