२२ कार्तिक २०८३, आइतबार

बाघको मासु र हड्डी भनि बिक्री गर्ने एक व्यक्ति पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बरामत गरिएको मासु र हड्डी । तस्विरः सीआईबी ।

काठमाडौँ, २१ कात्तिक । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) महाराजगंज अन्तर्गतको वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि खटिएको विशेष प्रहरी टोलीले बाघको मासु र हड्डी भनि बिक्री गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले बारास्थित कोहल्वी नगरपालिका वडा नं. ८ मधुवनबाट संरक्षित वन्यजन्तु बाघको मासु र हड्डी भनि खरिद बिक्री गर्न बोकी ल्याएको अवस्थामा सोही स्थान बस्ने ६६ वर्षीय भरत महतो कुसुवाहलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट १ केजी हड्डी र आधा केजी मासु बरामत गरेको छ । पक्राउ परेका कुसुवाहलाई आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय बारामा बुझाईएको सीआईबीले जनाएको छ । कुसुवाहलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) को कसुर अनुसार पाँच लाखदेखि दश लाख रूपैयाँसम्म जरिवाना वा ५ बर्षदेखि १५ वर्ष सम्म कैद वा दुवै सजाय हुन सक्छ ।