काठमाडौं, २१ कात्तिक । नेपाली सेनाका सहायक रथीद्वय शशी बहादुर सिंह र अजित वरसिंह थापाले उपरथी दर्जाको दज्र्यानी चिह्न पाएका छन् ।
मन्त्रिपरिषद्को कात्तिक २० कोे बैठकले सिंह र थापालाई उपरथीमा बढुवा गरेको थियो ।
प्रबन्ध रथीको कार्यालयमा कार्यरत सिंह र सैनिक सामाग्री उत्पादन तथा यान्त्रिक सेवा निर्देशनालयका प्राविधिक सहायक रथी थापालाई मंगलबार जङ्गी अड्डामा आयोजित एक बिशेष समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।
उपरथी दर्जामा पदोन्नोती भएका सिंहलाई प्रबन्ध रथीको कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ भने प्राविधिक उपरथी थापालाई सैनिक सामाग्री उत्पादन तथा यान्त्रिक सेवा महानिर्देशनालयको प्रमुखको जिम्मेवारी दिईएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।













प्रतिक्रिया