२२ कार्तिक २०८३, आइतबार

जनतालाई लुट्न पल्केकाहरुलाई समाप्त पार्नुपर्छ: यादव

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज २१ कात्तिक । नेपाल संघीय समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष राजकुमार यादवले राजनीतिकको आवरणमा जनतालाई लुट्न पल्केकाहरुलाई समाप्त नपारेसम्म सम्पूर्ण पर्साको नहुने दाबी गरेका छन् । पार्टीको मंगलबार पर्साको पोखरीयामा क्षेत्र नम्बर ३ को क्षेत्रीय भेलामा सम्बोधन गर्दै क्षेत्र नम्बर ३ का सांसदका उम्मेदवारसमेत रहेको उपाध्यक्ष यादवले आचार, विचार, संस्कार, राजनीतिक र सांस्कृतिक परिवर्तन नभएसम्म सम्मुनत पर्सा बनाउन नसकिने बताएका हुन् ।

कार्यक्रममा प्रदेश सभा सदस्य शंकर यादवले मधेशमा बामगठबन्धन र लोकतान्त्रिकको आवश्यकता छैन भन्ने कुरा आफूहरुले चुनावमा देखाई दिने चेतावनी दिए । महमुद आलमको सभपातित्वमा सम्पन्न कार्यक्रममा पोखरीया नगरपालिकाका मेयर दिपनारायण रौनियार मन्टु, हरेन्द्र साह कानु, भगवान गिरी, हरेन्द्र सहनी, विना देवी वैठा, कविता चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।