२२ कार्तिक २०८३, आइतबार

जनताको बहुदलीय जनवाद र सुर्य चिन्ह सबै बामपन्थीको साझाः भट्टराई

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २१ कात्तिक । एमाले भक्तपुरले चुनावी प्रचार अभियानलाई तीव्रता दिएको छ । भक्तपुरको चागुनारायण प्रदेशको आज बसेको बृहत एमाले भेलामा एमाले नेता सोम मिश्रले बाम गठबन्धन आजको आवश्यकता भएकाले त्यसको मर्म बुझएर अगाडि बढ्नुपर्ने बताए ।

अर्का नेता निर्मल भट्टराईले जनताको बहुदलीय जनवाद र सुर्य चिन्ह अब सबै बामपन्थीका साझा भएको बताए । यो नै कम्युनिस्ट एकताको प्रमुख आधार भएको उनको कथन थियोे ।

५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गरिएको उक्त भेलामा नेत्री सरस्वती बाटी, सुर्य ध्वजाबाहक उम्मेदवार हरिशरण लामिछाने, जिल्ला समन्वय समिति प्रमुख नवराज गेलाल, दामोदर दङाल, मोहनवीर श्रेष्ठ, श्याम सुन्दर धिमाल लगायतले चुनावी रणनीतिबारे प्रष्ट पारेका थिए ।