-आकाश देबकोटा
बाँके, २१ कात्तिक । उपप्रधानमन्त्री तथा बिना बिभागिय मन्त्री कृष्णबहादुर महराले बामगठबन्धन भएपछि नेपाली काँग्रेस क्षत बिच्छेद भएको दावी गरेका
छन् । बामगठबन्धन जिल्ला निर्वाचन परिचालन कमिटीले मंगलबार नेकपा एमाले बाँके जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उपप्रधानमन्त्री महराले जनताका दुश्मनहरु गठबन्धनबाट खुशी नभएको बताए ।
उनले मुलुकमा अस्थिरता र अराजकता चाहिराख्ने शक्तिबाट सचेत हुनुपर्नेमा जोड दिए । अहिले पनि निर्वाचन नचाहने सानो शक्ति रहेको भन्दै उपप्रधानमन्त्री महराले बिप्लव नेतृत्वको नेकपा माओवादीले निर्वाचनको बिरोधमा थालेको आन्दोलनमा अन्य शक्तिको आर्शिवाद रहेको दाबी गरे । बिप्लव आफनो विद्यार्थी भएको बताउदै महराले उनी नेतृत्वको माओवादीले राखेको उम्मेदवारका घरमा झण्डा गाडने र आक्रमण गर्ने सम्मको योजना उसको आफनै तागत भन्दा पनि केही शक्ति केन्द्रको आर्शिवाद भएको टिप्पणी गरे ।
उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बनेको बाम गठबन्धन चुनौतीरहित नभएको बताए । बाम गठबन्धनका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबैखालका चुनौती रहेको बताउदै महराले बाम गठबन्धन निर्माण भएपछि आम नागरिकमा मुलुकमा स्थायी सरकार बन्ने, आर्थिक समृद्धी हुने र बैदेशिक हस्तक्षेपको अन्त्य हुने बिश्वास रहेको बताए ।












प्रतिक्रिया