१ कार्तिक २०८३, आइतबार

ब्याडमिन्टन प्रतियोगितामा शिवाकोटी र पाठक विजयी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २० कात्तिक (रासस) । हर्षचोक ब्याडमिण्टन क्लबको आयोजनामा भएको ब्याडमिण्टन प्रतियोगिताको उपाधि सुुशील शिवाकोटी र धु्रव पाठक जोडीले हात पारेको छ ।

सात टोलीले भाग लिएको प्रतियोगितामा विश्वराम खड्का र मेहन गुरुङको जोडीलाई सो जोडीले पराजित गरेको थियो । प्रतियोगितामा लक्ष्मीराज अधिकारी र अमित कार्कीको जोडीले कैलाश खड्का र गोपाल सुवेदीको जोडीलाई पाखा लगाउँदै तेस्रो स्थान हात पारेको थियो ।
विजयी खेलाडीलाई पुनरावेदन अदालत पाटनका न्यायाधीश विनोदप्रसाद शर्माले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे । क्लबले आफ्ना सदस्यलाई एक एक जोर ट्रयाक सुटसमेत वितरण गरेको थियो ।