सप्तरी, २० कात्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी अधिकारका लागि मधेशी गठबन्धनलाई प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा विजयी गराउनुपर्ने बताउनुभएको छ ।
राजविराजमा आज कार्यकर्तासँगको भेटका क्रममा उहाँले संविधान निर्माणदेखि अहिलेसम्म मधेशी जनतामाथि भएको भेदभावको विरोध गर्दा मधेशी जनता शहीद हुनुपरेको बताउँदै मधेशी एकता नभएसम्म गैरमधेशीले फाइदा लिइरहने विचार व्यक्त गर्नुभयो ।
दुई नं प्रदेशमा मधेशी गठबनधन सरकार बनाउनका लागि मधेसीलाई मत दिन उहाँले आग्रह गर्नुभयो । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि नेता यादवले सप्तरी क्षेत्र नं २ बाट उम्मेदवारी दिनुुभएको छ । रासस












प्रतिक्रिया