काठमाडौँ, २० कात्तिक । आगामी २२ डिसेम्बर (पुष ७) मा ‘आइईसी डिजाइन्स रनवे, सेसन ७’ नामक एक फेसन शोको आयोजना हुने भएको छ । राजधानीको हायत रिजेन्सी होटलमा हुने उक्त शो आइइसी कलेज अफ फेसन एण्ड आर्टले आयोजना गर्न लागेको हो ।
कलेजमा अध्ययनरत २०१७ मा पास आउट हुने बिद्यार्थीले तयार पारेका विभिन्न अन्तर्राष्ट्रिय डिजाइनहरु प्रदर्शन र प्रवर्धन गर्ने उदेश्यले आयोजना गर्न लागिएको उक्त शोमा ५१ विद्यार्थीले तयार पारेको १३ थिमका बिभिन्न आकर्षक पहिरन प्रदर्शन गरिने कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिइन् ।
मोडल छान्ने उद्देश्यले आइतबार राजधानीमा एक अडिसन समेत आयोजना गरिएको थियो । ‘नेक्स्ट मोडल्स् नेपाल’का अध्यक्ष रवी धमला, कोरियोग्राफर प्रशान्त ताम्राकार, फोटोग्राफर राजभाइ सुवाल, कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, दीपक शर्मा लगायत निर्णायक रहेको १५० नयाँ तथा पुराना मोडल सहभागी अडिसनबाट २४ मोडल फेसन शोका लागि छानिएका छन् ।
नेक्स्ट मोडल्स् नेपालले इभेन्ट म्यानेजमेन्टको जिम्मा लिएको उक्त शोमा चर्चित कलाकार सो टपरको रुपमा रहने छन् । अडिसनबाट छानिएका मोडललाई ¥याम्पका लागि अन्तर्राष्ट्रिय कोरियोग्राफर प्रशान्त ताम्राकारले प्रशिक्षण सहित उतार्ने आयाजेकले जनाएको छ ।















प्रतिक्रिया