बारा, २० कातिक । नेकपा एमाले बाराले पाटीको आधिकारीक उम्मेदबारका बिरुद्धमा स्वतन्त्र उम्मेदबारी दिने २ जनालाई कारवाही गरेको छ ।
एमाले बारा जिल्ला कार्यालय सचिब बिक्रम ठाकुरले एक बिज्ञप्ति जारीगरी प्रतिनिधी सभा तथा प्रदेश सभाका लागि हुन गइरहेको निर्वाचनमा पार्टीको निर्णय बिपरीत बारा जिल्ला प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधी सभा सदस्यका लागि स्वतन्त्र उम्मेदबारी दिने पार्टीका संगठित सदस्य मोजाहिर अंसारी र प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ अन्र्तगत प्रदेस सभा४(क)बाट प्रदेस सभा सदस्यका लागि स्वतन्त्र उम्मेदबारी दिने बारा जिल्ला सल्लाहकार सदस्य भरत बहादुर घलेलाई पार्टी बिधानको धारा ४९ (क) को ८ बमोजिम निजले सम्हाली आएका सम्पुर्ण जिम्मेबारी बाट बर्खास्त गर्नुका साथै पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरिएको जनाएका छन् ।
साथै वागी उम्मेदवारको भ्रममा नपर्न मतदातालाई आह्वान समेत एमालेले गरेको छ ।












प्रतिक्रिया