एजेन्सी । एलियन तथा टाइम ट्राभलको बारेमा तपाईले पक्कै पनि सुन्नु भएकै होला । केही समयअघि मात्रै अमेरिकी प्रहरीले यस्तो एउटा व्यक्तिलाई पक्राउ गरेको छ, जसले आफू भविष्यबाट आएको दाबी गरेका थिए । त्यतिमात्रै नभई ती व्यक्तिले आगामी वर्ष एलियनले पृथ्वीमा हमला गर्ने पनि दाबी गरेका छन् । त्यसकारण आफू अमेरिकी राष्ट्रपतिसँग भेट्न चाहेको उनले बताएका छन् ।

हफिङ्टोन पोष्ट (www.huffingtonpost.com) नामक अमेरिकी वेबसाइटमा प्रकाशित एक खवरका अनुसार अमेरिकाको विसकोनसीन प्रहरीले ब्रयान्ट जोनसोन (Bryant Johnson)लाई पक्राउ गरेको थियो । सो समयमा ब्रयान्ट रक्सीको नशामा रहेका थिए । ब्रयान्टले प्रहरीको साथमा आफू यो दुनियाँको नभएको बताएका थिए । ब्रायन्टले आफू वर्ष २०४८ बाट आएको बताए । उनले प्रहरीलाई अर्को वर्ष एलियनले आक्रमण गर्ने पनि बताएका थिए । त्यसकारण मानिसहरु छिट्टै नै सुरक्षित स्थानमा जान आवश्यक रहेको उनले बताएका छन् । समाचारकाअनुसार ब्रायन्टले कुनै निश्चित मिति या समयको बारेमा केही बताएका छैनन् । तर उनले राष्ट्रपतिसँगको सहकार्यमा यो समयस्याको समाधान गर्न चाहेका समाचारमा भनिएको छ ।
ब्रायन्टले प्रहरीलाई आफू वर्ष २०१८ मा जान खोजेको भएपनि गल्तीले २०१७ मा आएको बताएका छन् । टाइम ट्राभल गर्नुअघि एलियनहरुले उनलाई रक्सीमा डबाएको उनले प्रहरीलाई बताएका छन् । त्यसैकारण आफू रक्सीको नशामा भएको उनले बताए । प्रहरीलाई दिएको बयानमा उनले यो सबै भनेका थिए ।















प्रतिक्रिया