एजेन्सी । भाइरल ज्वरो हालको मौषममा हुने सामान्य बिमारी हो । यस्तो प्रकारको ज्वरोका कारण शरीरको तापक्रम बढ्नुको साथसाथै रुघाखोकी, चिसो लाग्ने, शरीर दुख्ने, घाँटीमा समस्या आउने जस्ता लक्षणहरु देखा पर्दछन् ।
के हो त भाइरल ज्वरो भनेको? What is Viral Fever
भाइरल ज्वरो कुनै एक किसिमको भाइरसको कारणले लाग्ने रोग नभई यो विभिन्न प्रकारका भाइरसका कारण हुने संक्रमण हो । त्यसैले यस्तो प्रकारको ज्वरोको उपचार यसको लक्षणको आधारमा गर्ने गरिन्छ ।
किन आउँछ त भाइरल ज्वरो? Cause of Viral Fever
— विभिन्न भाइरसबाट संक्रमित खाना या पानीको सेवनले भाइरल ज्वरो आउन सक्छ ।
— दुषित हावामा स्वास लिँदा स्वासको मार्फतबाट पनि भारइस शरीर भित्र प्रवेश गर्छ । जसले भाइरल ज्वरो निम्त्याउँछ ।
— कुनै संक्रमित व्यक्तिको सम्पर्कबाट पनि यो बिमारी एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ ।
के हुन् भाइरल ज्वरोका लक्षणहरु? What are the Symptoms of Viral Fever
— चिसो लाग्नु — रुखाखोकी लाग्नु तथा नाकबाट सिँगान बग्नु — टाउको तथा शरीर दुख्नु — वान्ता हुनु — पखाला लाग्नु भाइरल ज्वरोबाट बच्ने उपायहरु
भाइरल ज्वरोबाट बच्ने उपायहरु
१. उमालेको, छानेको अथवा फिल्टर गरिएको शुद्ध पानी मात्र पिउने,
२. घरमा उपयोग हुने टावेल (गम्छा) लाई दैनिक रुपमा धुने अथवा दैनिक परिवर्तन गर्ने,
३. खोक्दा वा हाच्छ्युँ गर्दा मुखमा रुमाल राख्ने,
४. लामखुट्टेबाट बच्नको लागि रिपेलेन्ट वा झुलको प्रयोग गर्ने,
५. घर बाहिरको तथा सडक किनारमा राखिने खाना नखाने,
६. घर बाहिर निस्कनुअघि मुख र नाक ढाकिने गरी माक्स लगाउने,
७. धेरै भीडभाड हुने स्थानहरु जस्तै फिल्महल, मल आदीमा नजाने या कम जाने,
भाइरल ज्वरो निदान गर्दे घरेलु उपायहरु
१. आलुलाई स्लाइस बनाएर तासेर भिनेगरमा भिजाउने । यसलाई कुनै सफा कपडामा पोको पारेर टाउकोमा राख्नाले यसले फाइदा गर्छ ।
२. निम्बु वा कागती काटेर पैतालामा लगाउने वा मोजाभित्र राखेर रातभर लगाएर सुत्ने ।
३. लसुनलाई पिनेर एक चम्चा महको साथमा खाने । सर्स्योँको तेलमा लसुन मिसाएर पैतालामा मालिस गर्ने ।
४. चार गिलास पानीमा २०/२५ वटा तुलसीको पात, बेसारको टुक्रा र ३/४ वटा ल्वाङ राखेर उमाल्ने । हरेक दुई घण्टामा यो पानी पिउने ।
५. नीमको कोमल पातहरु चबाउँने, नीम पानीले नुहाउने तथा नीमको पातलाई कोठामा राख्नाले पनि फाइदा पु-याउँछ ।















प्रतिक्रिया