३ कार्तिक २०८३, मंगलबार

अमेरिकाको डीसीमा ‘छक्का पञ्जा २’ प्रदर्शन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

– विजय थापा

अमेरिका । अभिनेत्री दीपाश्री निरौलाद्वारा निर्देशित फिल्म ‘छक्का पञ्जा २’ अमेरिकाको डिसीस्थित एक फिल्म हलमा प्रदर्शन गरिएको छ ।

फिल्मबारे अधिकांश दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् । चलचित्रको कथावस्तु दर्शकलाई राम्रो लागेको, समय काटेको थाहा नै नभएको, राम्रो चलचित्र हेरुन्जेल मनोरंजन लिएको जस्ता प्रतिक्रिया दर्शकहरूले दिएका छन् ।

दर्शकले प्रियंका कार्कीको भूमिका निकै रुचाएको प्रतिकृया पनि दिएका छन् । चलचित्रले अष्ट्रेलिया जानका लागि हुने कागजी प्रक्रियासम्बन्धी विषयलाई उठाएको छ । अहिलेको बिदेशी जीवन शैलीलाई राम्रोसंग फिल्ममा चित्रण गरिएको छ ।

फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, वर्षा राउत, केदार घिमिरे, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल, आयुष्मान देशराज लगायतका कलाकारको भूमिका छ ।