१ कार्तिक २०८३, आइतबार

मेरिल्याण्ड एनईसीसीको सभापतिमा न्यौपाने निर्वाचित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रको मेरिल्याण्डस्थित नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी)को सभापतिमा न्यौपाने दोश्रो पटक निर्वाचित भएका छन् ।

निर्वाचनमा उनी लगायत सबै पदमा उम्मेद्वारहरू निर्बिरोध बिजयी भएका हुन् । न्यौपाने बिराटनगर निवासी हुन् भने सन् २०१४ मा पनि उनी निर्बिरोध निर्वाचित भएका थिए ।

गत नोभेम्बर ४ तारिखमा उनी लगायत मनोनीत भएका सम्पूर्ण पदाधिकारीहरूले सपथ ग्रहण लिएका थिए । उनले पशुपति बुद्ध मन्दिर निर्माण गर्न आफ्नो समितिमा कार्यकारी समिति लगायत कुल ३४ जना सहितको समिति निर्माण गरेका छन् ।

संस्थाको हित, उन्नति, प्रगति र विस्तारको लागि मन, वचन र कर्मले काम गर्ने सपथ ग्रहण लिएका छन् । सन् २०१४ मा ७ सदस्यीय समिति रहेता पनि यस पटक ४ वटा उपाध्यक्षहरु र उनीहरुको क्षेत्र समेत तोकिएको छ ।

सचिबमा २ जनासहित उनीहरूको समेत क्षेत्र निर्धारण गरिएको छ । उपकोषाध्यक्ष जनालाई बनाइएको छ ।

कार्यकारी समितिमा ११ जना सदस्यहरू रहेका छन् । समितिको पदावधि ३ वर्षको हुनेछ । उनले एनईसीसीमा अध्यक्ष भएपछि कोष वृद्धि गर्ने उद्देश्यले गत ३ वर्षदेखि देउसी भैलो कार्यक्रम संचालन गरेका छन् ।

यस पटकको देउसी भैलो सहित अहिले सम्म १ लाख डलरभन्दा ज्यादा देउसी भैलो बाट आर्थिक लाभ गराउन सफल भएका छन् ।