२२ कार्तिक २०८३, आइतबार

बाजुरामा बाल हेल्प लाइन सञ्चालन

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, १९ कात्तिक । बाल उद्दार र बाल कल्याणका लागि जिल्लामा बाल हेल्प लाईन सञ्चालनमा आएको छ । विपत, जोखिम र समस्यामा परेका बालबालिकालाई आपत कालिन उद्दारका लागि सहयोग पु¥याउने लक्ष्यसहित हेल्प लाईन सञ्चालन गरिएको हो ।

केन्द्रीय बाल कल्याण समितिको सहयोग र जिल्ला बाल कल्याण समितिको नेतृत्वमा पैसा नलाग्ने १०९८ टोल फ्रि नम्बर सहीतको बाल हेल्प लाईन सञ्चालन गरिएको जिल्ला बाल कल्याण अधिकारी एवं प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए । बाल अधिकार र संरक्षणको क्षेत्रमा कार्यरत पीसविन नामक गैर सरकारी संस्थासँगको सहकार्यमा हेल्प लाईन सञ्चालन गरिएको हो । कार्यालय समेत पीसविनमै राखिएको प्रजिअ क्षेत्रीेले बताए ।

गाउँ समाजमा घट्ने, बाल अपहरण, बाल विवाह, बाल बेचबिखन जस्ता घटनाको पूर्व जानकारी र तयारीका लागि हेल्प लाईनले ठूलो सहयोग पुग्ने जिल्ला बाल अधिकार मञ्चका अध्यक्ष शेरबहादुर रावलले बताए । हेल्प लाईन मार्फत खबर आदान प्रदान र आपतकालिन सूचना प्रवाह गरिने बताईएको छ । हेल्प लाइनकै सूचनाका आधारमा राहत, उद्दार, संरक्षण तथा परामर्श सेवा समेत प्रदान गरिने छ । जिल्लामा यो सेवा पहिलो पटक सञ्चालन गरिएको पीसविन परियोजना संयोजक पदम साउँदले बताए ।

बाल हेल्प लाइन सञ्चालनकै लागि बाल अधिकारका अभियान्ता एवं मानव अधिकार कर्मी लालबहादुर ओलीले आफूले पाएको पुरस्कार रकमबाट पनि ५ हजार सहयोग गरेका छन् । बाल कल्याण समितिले अन्तराष्ट्रिय बाल दिवसको दिन पाएको १५ हजार मध्ये १० हजार बाल संरक्षण र ५ हजार बाल हेल्प लाइनका लागि सहयोग गरेका छन् ।

हेल्प लाईन सञ्चालन पछि गाउँ समाजमा हुने बालबालिका माथिका अन्याय, अहरण, बेचबिखन, बाल विवाह जस्ता गतिविधि टोलफ्री नम्बरमा जो कोहीले पनि खबर गर्न सक्नेछन् । त्यसै खबरका आधारमा उद्दार तथा संरक्षणका गतिविधि अघि बढाइने जिल्ला बाल कल्याण समितिले बताएको छ ।