कञ्चनपुर, १९ कात्तिक । दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका कञ्चनपुरका १२ जना उम्मेदवारले आज उम्मेदवारी फिर्ता लिएका छन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुरका अनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट १, २ बाट ७ र ३ बाट ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को (ख)बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका राप्रपाका डिल्ली बहादुर शाही, प्रतिनिधी सभा सदस्यका निर्वाचन क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार सिद्धराज भट्ट र नयाँ शक्तिका प्रेम धानुकले मनोनयन फिर्ता लिएका हुन ।
यस्तै निर्वाचन क्षेत्र नम्बर २को (ख) बाट शिवसेनाका तर्फबाट प्रदेश सदस्यका लागि मनोनयन दर्ता गराएका मदन राज भट्ट, (ख) बाटै उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार तुलाराम साहु, (क)बाट अर्का स्वतन्त्र उम्मेदवार बलराम पन्त र राप्रपाका दिपक नाथले उम्मेदवारी फिर्ता लिएका छन ।
यस्तै निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रेम सिह विष्टले पनि उम्मेदवारी फिर्ता लिएका छन ।
राप्रपाका नेता द्वय पुर्ण बहादुर चन्द र गजेन्द्र बहादुर चन्दले उम्मेदवारी फिर्ता लिएका छन । निर्वाचन क्षेत्र नम्बर ३ को (क) बाट पुर्ण बहादुर चन्द र (ख) बाट गजेन्द्र बहादुर चन्दले उम्मेदवारी दिएका थिए ।
यस्तै निर्वाचन क्षेत्र नम्बर ३ को (ख) वाट स्वतन्त्र उम्मेदवारी दिएका भीम कुमालले पनि फिर्ता लिएका छन ।
कञ्चनपुरमा प्रतिनिधि सभाका तीन र प्रदेश सभाका छ गरि कुल ९ सिटका लागि ७६ जनाले मनोनयन दर्ता गराएका थिए । अब १२ जना फिर्ता संगै कञ्चनपुरमा ६४जना चुनावी मैदानमा उत्रेका छन ।













प्रतिक्रिया