३ कार्तिक २०८३, मंगलबार

कपिल शर्माले छिट्टै विवाहको घोषणा गर्न सक्ने

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । भारतीय चर्चित कमिडियन कपिल शर्माले छिट्टै नै आफ्नी प्रेमिका गिन्नी चतरथसँग विवाहको घोषणा गर्न सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । कपिलसँगको सम्बन्धलाई आधिकारिक बनाउनको लागि गिन्नीका अभिभावकले दबाब दिँदै आएका थिए । कपिलकी आमाले पनि चाहेको यस्तै नै हो ।

गिन्नीले पनि कपिलसँग विहे गर्न चाहेको बताउँदै आएकी थिइन् । तर उनले एउटा सर्त पुरा भएमात्रै कपिलसँग विहे गर्ने बताएकी थिइन् । गिन्नीको सर्त थियो, कपिलले रक्सीको नसा त्याग्नु पर्ने । अनिमात्रै गिन्नीले कपिलसँग विहे गर्छु भनेकी थिइन् । ताजा खवरहरुका अनुसार कपिलले गिन्नीको यो सर्त पुरा गरिसकेका छन् । उनले रक्सीको लत त्यागिसकेको भारतीय सञ्चार माध्यमहरुमा खवर छापिएको छ ।

कपिलको फिल्म ‘फिरंगी’ यहि महिना रिलिज हुँदै छ । हाल उनी सबै प्रतिबद्धताहरुबाट मुक्त रहेको मानिन्छ । यस्तोमा उनले आफ्नो विवाहको मितिको बारेमा केही घोषणा गर्न सक्ने सबैको अनुमान छ ।

यसअघि सेप्टेम्बरमा कपिल र गिन्नीको ब्रेकअप भएको खवर पनि नआएको होइन । तर कपिलका एकजना आफन्तले यसलाई हल्ला मात्रै भएको बताएका थिए । पछिलो समय उनीहरुलाई शिर्डीमा सँगै देखिएको थियो । त्यहाँ उनीहरु साईबाबाको दर्शनको लागि गएका थिए ।

यसवर्षको सुरुवातमा कपिलले गिन्नीसँगको आफ्नो सम्बन्धको आधिकारिक रुपमा घोषणा गरेका थिए । गएको मार्चमा कपिलले गिन्नीसँगको फोटो फेसबुकमा सेयर गर्दै लेखेका थिए, ‘मिट माइ वाइफ, आई लभ हर मोर देन दिपीका ।’ कपिलको यो पोष्ट आएपछि उनले गोप्य तरिकाले विवाह गरेको हुनसक्ने हल्ला चलेको थियो । तर कपिल स्वयम्ले विवाह नगरेको बताएका थिए ।

कपिलले भनेको थिए, ‘म आफ्नो प्यानहरुलाई सरप्राइज दिन मनपराउँछु र आज म उहाँहरुको प्रतिकृया देखेर खुसी छु । हो मैले गिन्नीसँग प्रेम गर्छु र सायद यो कुरा मैले सबैको सामु स्वीकार गर्नै पर्छ । गिन्नी निकै सिम्पल र स्वीट केटी हुन् । उनी मेरो जिन्दगीका हरेक उतारचढावमा साथ रहेकी छिन् । मेरी ममीले पनि उनलाई निकै मन पराउनुहुन्छ र ममीको रोजाई नै मेरो रोजाई हो ।’
त्यसको केही समयपश्चात कपिलले सुनिल ग्रोवरसँगको झगडालाई लुकाउनको लागि गिन्नीलाई आफ्नो श्रीमती भनेको भन्ने खवरहरु पनि बाहिर आएका थिए । ताकि मानिसहरुको ध्यान झगडाबाट उनको विवाहतर्फ जाओस् । -एजेन्सी