८ कार्तिक २०८३, आइतबार

लाइसेन्सको लिखित परीक्षाको तयारी अब अनलाइनबाटै

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ कात्तिक । ड्राईभिङ लाइसेन्सको लिखित परिक्षाको तयारी अब सहज रुपमा अनलाइनबाट नै गर्न सकिने भएको छ । माकुरा क्रियसन्स नामक कम्पनीले सुरु गरेको वेबसाइट www.licensenepal.com/app मा गएर जोकोहीले पनि लाइसेन्सको लिखित परीक्षाको तयारी गर्न सक्नेछन् ।

‘नेपाल ड्राइभिङ लाइसेन्स’ भन्ने मोबाइल एपको सफलता पश्चात सो कम्पनीले लाइसेन्सको तयारी प्रक्रियाको सहजताको लागि वेबसाइटको माध्यमबाट सेवा थालेको हो । ‘हाम्रो नेपाल ड्राइभिङ लाइसेन्स एप लगभग पचास हजार व्यक्तिले उपयोग गरिरहनु भएको छ’ माकुरा क्रियसन्सका कार्यकारी प्रमुख स्वागत भेटुवालले भने, ‘उक्त सेवालाई अझ सहज एवम् सरल बनाउनको लागि हामीले अहिले यो वेबसाइटको विकास गरेका हौँ । यसको सहायताले सबै प्रयोगकर्ताले सहज रुपमा लिखित परिक्षाको तयारी गर्नसक्ने छन् र यसको लागि कुनै छुट्टै शुल्क पनि तिर्नुपर्दैन’ ।

वेबसाइटमार्फत प्रयोगकर्ताले इन्टरनेटको पहुँच भएका स्थान जहाँसुकै बसेर पनि सहज रुपमा तयारी गर्न सक्नेछन् । यसमा तयारी सेटमात्र नभएर नमुना तयारी परीक्षा पनि लिन सकिनेछ । यो वेबसाइटले लाइसेन्सको तयारी कक्षा धाउने नपर्ने भएको छ ।