बझाङ, १९ कात्तिक । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा आफ्नो जीत सुनिश्चत भन्दै चुनावी अभियानमा लागेका विभिन्न राजनीतिक दल र तिनका उम्मेदवार र कार्यकर्ता यतिबेला मतदाता रिझाउन गाउँगाउँ पुगेका छन् ।
यसअघिका चुनावमा घरदैलो कार्यक्रम कम गरेका नेताहरुले यो निर्वाचनमा भने पहिलोको तुलनामा यसपटक भने बझाङका विभिन्न ठुला देखी साना पाटी र तिनका उम्मेदवार उम्मेदवारले घरदैलो अभियानलाई बढी प्राथमिकता दिँदै आएका छन ।
बझाङमा लोकतान्त्रिक र वाम गठबन्धनबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । चुनाव प्रचारप्रसारको अभियानमा सबैले आफ्ना एजेन्डासहित घरदैलो अभियानमा आउने जनपा ७ का गणेश बोहराले बताए ।
घरदैलो अभियान सवैभन्दा बढी प्रभावकारी हुने ठहर सहित आफ्नो पार्टीले जनसभाको तुलनामा यसपटक घरदैलो अभियानलाई तीव्र बनाएको नेपाली कांग्रेस बझाङका पार्टी सभापति तथा प्रतिनिधी सभा सदस्यका उम्मेद्वार पृथ्वी बहादुर सिहले भने प्रतिनिधिसभा र प्रदेशसभा गरी तीनवटै सिटमा आफ्ना पार्टीका उम्मेदवाहरुले जित्ने दाबी गर्दै उहाँले यसका लागि घरदैलो अभियान आफ्नो पार्टीका लागि सहज वातावरण बनेको बताउनुभयो ।
नेपाली काङ्ग्रेस बझाङले प्रदेश सभा सदस्यका लागी क्षेत्र १को क वाट पुर्व सभासद चन्दा देवी जोशी र प्रदेश सभा सदस्यका लागी क्षेत्र नँ १ को ख वाट पुर्व राज्य मन्त्री नरेश बहादुर सिह चुनावी मैदानमा छन् ।
दुई हप्तादेखि क्षेत्र नं १ को विभिन्न ठाँउमा प्रचारप्रसार अभियान संचालन गरेको नेपाली कांग्रेस बझाङले जनाएको छ । पहिलो चरणमा साबिकको गाविस मटेला देउलेख कडेल गाविसहरुमा जनसभा र भेटघाटको कार्यक्रम सम्पन्न गरिसकेको छन ।
त्यस्तै वाम गठबन्धनले पनी गाँउगाँउमा चुनावी अभियान लिएर गाउँमा पुगेको बाम गठवन्धनले जनाएको छ ।
बाम गठवन्धनले पनि पहिलो चरणमा अन्तरगत क्षेत्र नं १ को साबिकको रिलु, मस्ठा, भातेखेला, तलकोट, लगायतका गाविसहरुमा जनसभा र घरदैलो अभियान पुरा गरेको बाम गठवन्धनले जनाएको छ ।
बाम गठबन्धन बझाङले प्रतीनिधी सभाका लागी नेकपा एमाले बझाङका पार्टी इन्चार्ज भैरव बहादुर सिह र प्रदेस सभाका लागी माओवादी केन्द्र कि देवकी मल्ल थापा लाई उतारेको छ भने प्रदेस सभा क वाट वाम गठवन्धनका तफवार्ट एमाले पार्टीका पुर्व जिल्ला अध्यक्ष अर्जुन बहादुर थापा चुनावी मैदानमा छन ।













प्रतिक्रिया