१ कार्तिक २०८३, आइतबार

मलखादको अभाव,किसान चिन्तित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, १९ कात्तिक । हिउँदे बाली लगाउने समयमा रासायनिक मलखादको अभाव हुँदा सिरहाका किसानहरू चिन्तित बनेका छन् ।

धान खेती स्याहार्दै गरेका किसानहरू तोरी, मसुरो दाल, आलु, गहुँलगायत हिउँदेखेती गर्ने तयारीमा रहेका बेला सिरहामा रासायनिक मलखादको आभाव हुँदा किसानहरू चिन्तित बनेका हुन् ।

सरकारले कृषि सामग्री कम्पनीमार्फत जिल्लामा आपूर्ति गर्ने मलखाद समयमा उपलब्ध गराउँदै आएकोमा यसपालि समयमा रासायनिक मलखाद नआउँदा जिल्लामा मलखादको अभाव भएको कृषि सामग्री कम्पनी लहानले जनाएको छ ।

स्टोरमा युरिया र पोटास केही मात्रामा रहे पनि डीएपी मल सकिएको कम्पनीले जनाएको छ ।

रासायनिक मलको अभावमा हिउँदे बाली बिग्रिने हो कि भने चिन्ता बढेको किसानले बताएका छन् । बजारमा गुणस्तरीय मल छैन्, सिरहाको नहरा सिगौलका किसान सत्रुधन यादवले भन्नुभयो, ‘‘कृषि सामग्री कम्पनीमा जाँदा मलखाद आएको छैन, भन्दै फर्काउँदै आएको छ ।”

अन्न भण्डारका रूपमा चिनिने सिरहामा सिँचाइको समस्या त छँदैछ त्यसमाथि मलखादको समेत अभाव हुदाँ खेतीपाती गर्न समस्या भइरहेको किसानको गुनासो छ ।

जिल्लामा मलको अभाव भएपछि किसान भारतबाट गुणस्तरहीन मलखाद ल्याउन बाध्य छन् । – रासस