३ कार्तिक २०८३, मंगलबार

शाहरुखको जन्मदिनका दिन समर्थकहरूको मोबाइल चोरी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । अभिनेता शाहरुख खानलाई जन्मदिनको शुभकामना दिनका लागि उनको मुम्बईको बान्द्रास्थित बंगला मन्नतका अगाडि हजारौँ शुभेच्छु भेला भएका थिए ।

५२औँ जन्मदिन मनाइरहेका शाहरुखले बिहीबार आफ्ना ती शुभेच्छुकको हात हल्लाएर स्वागत गरे । उनलाई शुभकामना दिन मुम्बई मात्र नभई अन्य स्थानबाट समेत दर्शक आएका थिए ।

दर्शकको भिड शाहरुखलाई हेर्न र उनलाई शुभकामना दिनमा व्यस्त थियो । त्यही भिडभाडको मौका पारेर अज्ञात व्यक्तिले झन्डै २० जनाको मोबाइल चोरेको उजुरी आएको स्थानीय प्रहरीले जनाएको छ ।

मोबाइल कसले कसरी चोर्‍यो भन्ने कुरा भने पत्ता लागिसकेको छैन । पीडितहरूले बान्द्रा पुलिसमा आफ्नो मोबाइल चोरी भएको उजुरी दिएपछि पुलिसले अनुसन्धान सुरु गरेको छ ।

सिसिटिभी फुटेजको चेकजाँचपछि चोर पत्ता लाग्ने बताइएको छ । आफूलाई शुभकामना दिन आएका शुभेच्छुकको मोबाइल चोरी भएकोमा शाहरुखले दुःख प्रकट गरेका छन् । – एजेन्सी