३ कार्तिक २०८३, मंगलबार

कोमल ओलीलाई दिपक राज गिरीले गरे यस्तो ब्यङ्ग्य

6.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ कात्तिक । कलाकार दिपकराज गिरीले चुनावमा टिकट नपाएर चर्चामा आएकी गायिका कोमल ओलीलाई ब्यङ्ग्य गर्दै कलाकारितामा नै फर्कन आग्रह गरेको छन् ।

दिपकले आफ्नो व्यक्तिगत फेसबुक एकाउण्टमार्फत घुमाउरो पाराले ओलीलाई ब्यङ्ग्य गर्दै लेखेका छन्, ‘दर्शकले काटेको टिकटले कलाकारिताको भ्यालु बढाउछ, पार्टीले दिने टिकटले होइन ।’ उनले थपेका छन्, ‘छाडौँ राजनीति, गरौँ कलाकारीता ।’

आगामी चुनावको लागि एमालेले टिकट नदिदा स्वतन्त्र उम्मेदवारको रुपमा भएपनि चुनावमा भाग लिने भनेपछि गायिका कोमल यतिबेला चर्चामा छिन् ।

उनलाई एमालेले दाङ २ बाट प्रनितिधि सभाको प्रत्यक्षतर्फको टिकट दिने भनेको थियो । तर एमाले–माओवादीको बामगठबन्धन बनिसकेपछि उनलाई पछि प्रदेश सभाको टिकट दिने भनिएको थियो । पछि त्यसमा पनि सम्भव नभएपछि उनलाई समानुपातिकमा राखिने आश्वासन दिइएको थियो । समानुपातिकमा पनि उनको नाम नआएपछि उनले एमालेले धोका दिएको भन्दै स्वतन्त्र उम्मेदवारको रुपमा उठेकी थिइन् । तर हाल स्वतन्त्र उम्मेवार फिर्ता लिने कुरा चलेको छ । कोमल ओली चुनावको मुख राप्रपाबाट एमाले प्रवेश गरेकी थिइन् ।

दिपकले  यसअघि पनि विभिन्न समयमा कलाकारहरुलाई राजनीतिमा नलाग्न भन्दै आएका छन् । हाल ओलीलगायत नेपालका चर्चित कलाकारहरु रेखा थापा, करिस्मा मानन्धर राजनीतिमा लागेका छन् ।