सिमरा, १८ कात्तिक । नेकपा एमाले बारा जिल्ला क्षेत्र नं.४ को प्रतिनिधी सभा क्षेत्रिय समन्वय कमिटीको बैठक संयोजक मनोज पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ ।
बैठकले वाम गठबन्धनको स्वागत गदै प्रतिनिधी सभा बारा ४ मा बामगठबन्धनका साझा उम्मेदवार एमाले बाराका उपाध्यक्ष देव नारायण चौधरी, प्रदेश ४ (क) का उम्मेदवार एमाले बाराका अध्यक्ष सुन्दर विश्वकर्मा र प्रदेश ४(ख)का उम्मेदवार माओवादी केन्द्रका युवा नेता उमेश कुशवाहालाई बधाई ज्ञापन गर्दै विजयी बनाउन संयुक्त निर्वाचन परिचालन कमिटी गठन गरेर अधि बढने निर्णय गरेको छ । त्यसैगरी बैठकले बामगठबन्धनका आधिकारिक उम्मेदवारहरुका बिरुद्ध स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन समेत आग्रह गरेको छ ।
साथै बैठकले निर्वाचन अभियानलाइ अधिबढाउन संयुक्त परिचालन कमिटी गठन गरी संयुक्त निर्वाचन कार्यक्रम संचालन गर्ने निर्णय गर्नुका साथै २१ गते सम्म नगर तथा गांउपालिकाको बडाकमिटी बैठक बसाई योजना निर्माण गर्न निर्देशन दिएको एमाले बाराका प्रचार बिभाग प्रमुख एवंम क्षेत्र नं.४ प्रतिनिधी सभा क्षेत्रिय समन्वय कमिटीका संयोजक मनोज पौडेलले जानकारी दिनुभयो । बैठकले मनोज पौडेलको संयोजकत्वमा अमर यादव, कृष्ण खनाल, रमेश चौधरी, धर्मदेव प्रसाद यादव, कमलेश झा, भगवती न्यौपाने,कृष्ण खनाल, अमृतलाल श्रेष्ट र रामक्षेत्री पटेल सदस्य रहेको क्षेत्रीय सचिवालय गठन गरेको छ ।
केन्द्रीय कमिटीका वैकल्पिक सदस्य एवम् बारा जिल्लाको सह—इन्चार्ज दिनेश राईको प्रमुख आतिथ्यता, जिल्ला अध्यक्ष तथा प्रदेश सभा ४(क) का उम्मेदवार क. सुन्दर बिश्वकमा प्रदेश सदस्य क. सिता गुरुङ,जिल्ला उपाध्यक्ष एवम् क्षेत्र न—४ का प्रतिनिधी सभा सदस्यका उम्मेदबार देवनारायण चौधरी, जिल्ला सचिवालय सदस्य कृष्ण पौडेल, अमर यादव, धर्मदेव यादव,रमेश चौधरी, बिद्या थापा,कृष्ण खनाल, भुदेव चौधरी, कोपिला सिंखडा, तारा कार्की र सरिता राई,सरस्वती चौधरी,सल्लाहकार सदस्य भोला अधिकारी,कमला धिमिरे,हेमराज न्यौपाने,रमेस धिमिरे,बिष्णु भण्डारी लगायतको उपस्थितीमा बैठक सम्पन्न भयो ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथी राईले देशको लागि बाम गठनबन्धनको आवश्यकता रहेको बताउनु भयो साथै वहाँले बामगठबन्धनका उम्मेदवारहरुलाई दतचित्त भएर विजयी गराउन लाग्न आग्रह गनुृभयो । त्यसैगरी जिल्ला अध्यक्ष विश्वकर्माले चुनावलाई अभियानको रुपमा अधि बढाउन सबैलाई आग्रह गर्नुभयो ।












प्रतिक्रिया