काठमाडौँ, १८ कात्तिक । नेपाल पत्रकार महासंघले गैरआवासीय नेपाली संघ (एनआरएनए) का नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई स्वागत तथा पूर्ण कार्य सफलताको शुभकामना व्यक्त गरेको छ ।
शनिबार महासंघको सभाहलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका महासचिव रमेश विष्टले नेपाल पत्रकार महासंघ गैरआवासीय नेपाली संघसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । महासचिव विष्टले गैरआवासीय नेपाली संघप्रति नेपाली जनताले ठुलो अपेक्ष राखेको हुँदा देश विकासका निम्ति गैरआवासीय नेपाली संघसँग सहकार्य गर्न आवश्यक रहेको धारण व्यक्त गरे ।
गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नेपाल पत्रकार महासंघसँग सहकार्य गरेर अघि बढ्ने बताए । उनले महासंघमा ई–लाइब्रेरी स्थापना गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष भट्टले गैरआवासीय नेपाली संघलाई लगानी मैत्री वातावरण निर्माण गर्न सबैलाई आह्वान गरेका छन् ।












प्रतिक्रिया