३ कार्तिक २०८३, मंगलबार

नायक रजनीकान्तलाई भन्दा भिलेन अक्षय कुमारलाई बढि पारिश्रमिक

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउडका चर्चित नायक अक्षर कुमारले सन् २०१८ मा रिलिज हुने भनिएको फिल्म ‘२.०’ मा ५५ करोड भारु पारिश्रमिक लिएका छन् । अक्षय भिलेनको रुपमा देखिने सो फिल्म अहिलेसम्मकै सबैभन्दा महँगो भारतीय फिल्म बन्ने भएको छ । यो फिल्मको निर्माणका लागि चार सय पचास करोड भारु लागत लागेको छ ।

फिल्ममा दक्षिण भारतीय महानायक रजनीकान्तले प्रमुख पात्रको भुमिका निभाएका छन् । फिल्मका नायक रजनीकान्तलाई भने अक्षयको भन्दा कम पारिश्रमिक दिइएको छ । सुरुमा उनलाई पचास करोड दिइएकोमा फिल्म ब्लकबस्टर भएमा उनले असी करोड पारिश्रमिक पाउने छन् । ‘२.०’ फिल्म ‘रोबोट’को सिक्वेलका रुपमा निर्माण गरिएको हो । फिल्ममा स्पेशल इफेक्टका लागि यसरी पानीसरी पैसा बगाइएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । दक्षिण भारतीय निर्देशक शंकर शन्मुगमले यो फिल्मको निर्देशन गरेका हुन् ।

यो फिल्ममा भिलेनको भमिका निर्वाह गर्नको लागि अक्षयभन्दा पहिले कमल हसन, ऋतिक रोशन र आमिर खानलाई आग्रह गरिएको थियो । तर उनीहरूले भिलेनका रूपमा अभिनय गर्न अस्वीकार गरेपछि यसमा अक्षय कुमारलाई कास्ट गरिएको हो । अक्षयले पनि चर्को पारिश्रमिक लिएर मात्रै यो भूमिकाका लागि स्वीकार गरेका हुन् । एमी ज्याक्सन फिल्मकी नायिका हुन् । नायिका ज्याकसनले फिल्ममा चार करोड पारिश्रमिक लिएका छन् । –एजेन्सी