२९ आश्विन २०८३, बिहिबार

सार्वजनिक स्थलमा अंग प्रदर्शन गरे हुन सक्छ जेल सजाय

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । महिलाहरुको ड्रेसअप (पहिरन) सम्बन्धी विभिन्न देशमा अचम्मका कानुनहरु बनेका छन् । कतिपय देशहरुमा यस्तो कडा कानुन बनेका छन्, जहाँ महिलाले क्लिभेज देखिने गरी कपडा लगाएमा, टेपलेस भएमा अथवा शरीरको माथिल्लो अंग प्रदर्शन गरेमा वर्षौँसम्म जेल सजाय भोग्नुपर्ने हुन सक्छ । यो सूचीमा केही यस्ता देशहरु छन्, जुन देशलाई आधुनिक राष्ट्रको रुपमा लिने गरिन्छ । यी हुन् त्यस्ता देशहरु, जहाँ महिलाले सार्वजनिक स्थलमा अंग प्रदर्शन गरे जेल सजाय हुन सक्छः

१. सिंगापुर

सिंगापुरलाई एशियाकै आधुनिक देशका रुपमा लिने गरिन्छ । तर यदि यहाँ महिलाले शरीरको माथिल्लो अंग प्रदर्शन गरेका या आपत्तिजनक पहिरन लगाएका पाइएमा २ हजार डलर अर्थात साढे २ लाख रुपैयाँ तथा तीन महिनासम्मको जेल सजाय पनि हुन सक्छ ।

२. आयरल्याण्ड

पश्चिमी संस्कृतिमा सबैभन्दा अगाडी हुँदा पनि आयरल्याण्डमा अंग प्रदर्शन सम्बन्धी कडा कानुन छ । आयरल्याण्डमा यदि महिलालाई टपलेस भएको पाइएमा ६ सय ३४ दशमलव ८७ यूरो अर्थात ७६ हजार रुपौयाँ जरिवानाको साथमा ६ महिना जेलमा बस्नुपर्ने पनि हुन सक्छ ।

३. टर्की

टर्कीमा पनि सार्वजनिक स्थलमा टपलेस भएको खण्डमा महिलाई जरिवाना लगाउने गरिन्छ । अर्को अचम्मको कुरा टर्कीमा महिलाहरुलाई सार्वजनिक स्थलमा हाँस्नबाट रोक्नको लागि पनि कानुन बनाउने कुरा चलेको थियो ।

४. ब्राजिल

ब्राजिलमा यदि कुनै महिला सार्वजनिक स्थलमा न्यूड अर्थात निरवस्त्र भएमा ५ महिनासम्मको जेल सजाय हुन सक्छ ।

५. रुस

रुसमा टपलेस पक्राउ परेको खण्डमा ५० यूरो अर्थात ६ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन सक्छ ।

६. यूएई

यूएईमा अश्लीलता प्रदर्शन गरेको वा आपत्तिजनक पहिरन लगाएको खण्डमा महिलाहरुले ६ महिनाको जेल सजाय बिताउनुपर्ने हुनसक्छ ।

७. मोरोक्को

मोरोक्कोमा सार्वजनिक स्थलमा टपलेस भएको खण्डमा महिलालाई २ वर्षको जेल सजाय हुन सक्छ ।