३ कार्तिक २०८३, मंगलबार

राजेश हमाल झै देखिने शीतल आखिर को हुन् ?

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । झलक्क हेर्दा उनी राजेश हमाल जस्तै देखिन्छन् । जिउडाल, अभिनयको शैली, बोलचाल, खानपान, उठबस, मृदुभाषी सबै राजेशसँगै मिल्छ । उनी हुन्, नायक शीतल के.सी. । शीतललाई राजेश हमालको अभियनले धेरै प्रभाव पारेको देखिन्छ । राजेशकै अभिनय शैलीबाट प्रभावित शीतलले आफ्नो अभिनय यात्राका क्रममा राजेशकै नाममा बनेको फिल्ममा पनि नायक बनेर अभिनय गरेका थिए । फिल्म थियो, ‘मेरो राजेश दाई’ ।

अर्घाखाँची जिल्ला घर भएका शीतलमा पर्फेक्ट कलाकारमा हुनुपर्ने सबै गुण देख्न पाइन्छ । तपाईको रुप हेर्दा त ठ्याक्कै राजेश हमालको जस्तो छ नि ? भन्ने जाफमा उनले भने, ‘हुन सक्छ । सबैले त्यही भन्छन् । मलाई पनि अब त हो कि जस्तो लाग्न थाल्यो ।’ तपाई र राजेश हमाल दुईभाइ त होइन ? भन्ने प्रश्नको जवाफमा शीतलले भने, ‘मानवताको रुपमा हुर्ने हो भने उहाँ मेरो दाई नै हो । तर, राजश हमाल दाईसँग मेरो कुनै नाता पर्दैन ।’

धेरै ठाउँमा आफू पुग्दा राजेश हमाल भनेर शुभेच्छुकहरू अचम्ममा पर्ने गरेको पनि उनले सुनाए । ‘राजेश हमाल राम्रो कलाकार हुनुहुन्छ, उहाँको जस्तो अनुहार छ भनेर कसैले भनिदिँदा राम्रो लाग्छ’, उनले अनुभव सुनाए ।

बेलाबेला म्युजिक भिडियोहरूमा पनि शीतलले अभिनय गर्न भ्याउँछन् । कलाकारितामा आफ्नो जीवन समर्पित गरेका शीतलले भने, ‘अब त कला क्षेत्रभन्दा बाहिर जान पनि सक्दिन हुँला ?’ तपाईले कलाकारिता बाहेक अरु केही गर्नु हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘अहँ ! केही गरेको छैन । यसैले नै मलाई पुगेको छ ।’

नेपाली फिल्म ‘जाल’ शीतलको पहिलो फिल्म हो । यसको अभिनयबाट उनी एकाएक चर्चामा आएका थिए । त्यसपछि शीतलले ‘त्रिदेव’, ‘मेरो राजेश दाई’, ‘हाम्री चेली’ लगायत झण्डै ५० वटा फिल्ममा अभिनय गरिसकेका छन् । म्युजिक भिडियोमा कति वटामा खेले भन्ने संख्या नै उनलाई थाहा छैन । भन्छन्, ‘म्युजिक भिडियो त धेरै खेलियो, यति नै भन्ने छैन ।’ उनका साथीहरू पनि शीतललाई मिलनसार स्वभावको कलाकारका रुपमा चिन्छन् ।

शीतलको ‘मेरो गीत’ छायाँकनमा

यसैबीच, नायक शीतलको नयाँ फिल्म ‘मेरो गीत’ छायाँनमा जाँदैछ । यो फिल्म कात्तिक १७ गतेदेखि छायाँकन हुनेछ । ‘मेरो गीतको शुभमुहूर्त मंगलबार चाबहिलमा गरिएको छ । फिल्मको छायाँकन हेटौँडा, सर्लाही र काठमाडौंका विभिन्न स्थानमा हुनेछ । ‘प्रेम गीत’ लभस्टोरीमा बनेको फिल्म हो ।

‘मेरो गीत’लाई एकान्त मगरले निर्देशन गर्नेछन् । फिल्मको कथा निर्देशक मगरकै हो । सुरज मगरको लगानी रहेको फिल्म आगामी नयाँ वर्षमा रिलिजको लक्ष्य राखिएको निर्देशक एकान्त मगरले जानकारी दिए । उनले भने, ‘छायाँकनमा जाँदैछौँ । २०७५ सालको वैशाख पहिलो साता रिलिजको लक्ष्य राखेका छौँ ।’

‘मेरो गीत’मा नायक शीतल के.सी.का अलावा सिरेश थापा, सुजाता दाहाल, लक्ष्मण बस्नेत, कोपिला थापा, विवेक यादव, दिनेश अकाल लगायतको अभिनय रहनेछ । फिल्ममा संगीत डिबी लामाको रहेको छ ।