सल्यान, १७ कात्तिक । सल्यानको छत्रेश्वरी गाउँपालिका वडा न ४ को वडा कार्यालयमा बिहिबार राती नचिनेको समूहले तोडफोड गरेको छ । गएराती करिब १२ बजेतिर पहिचान नखुलेको एक समूहले कार्यालयको ताला फोडेर फरार भएको छ ।
वडा कार्यालयको ताला तोडफोड गरी झन्डै २ लाख जतिको क्षति गरेको वडा अध्यक्ष राज बहादुर बुढाथोकीले जानकारी दिनु भयो । अपरिचित समूहले कार्यालय भित्रको कम्प्यूटर, फोटोकपि मेशिन, सोलार, कुर्सी, दराज पूर्ण रुपमा तोडफोड गरेको बुढाथोकीले बताउनु भयो ।
महत्वपूर्ण कागकाज जलाइएको र केही पानीमा फालिएको अवस्थामा फेला परेको बताइएको छ । कार्यालयमा रहेको सामाजिक सुरक्षा भत्ताको ९ लाख ७० हजार रुपैया केही नचलाइएको बुढाथोकीको भनाई छ । तोडफोडमा संलग्नहरुको खोजी कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।













प्रतिक्रिया