२२ कार्तिक २०८३, आइतबार

अबैध पशुपंछीको ओसारपसार गर्नेविरुद्ध संगठित अपराध मुद्दा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्विर: सीआईबी

काठमाडौँ, १७ कात्तिक । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दुर्लभ पशुपंछीको अबैध ओसारपसार गर्ने कार्यमा सम्लग्न रहेकोले पक्राउ परेकाहरुविरुद्ध संगठित अपराध निवारण ऐन, २०७० अनुसार अनुसन्धान थालेको छ । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान गर्दा सो अपराधमा अन्तर्राष्ट्रिय गिरोहकोसमेत संलग्नता रहेको पाइएपछि सीआईबीले संगठित अपराध अनुसन्धान थालेको हो ।

नाईजेरियाबाट ईस्तानबुल (टर्कि) को हवाईमार्ग हुँदै नेपालबाट भारत पैठारी गर्न लागिएको अवस्थामा सीआईबीको टोलीले काठमाडौँबाट ६ जनालाई पक्राउ गरेको थियो । विशेष सूचनाका आधारमा व्यूरोबाट खटिएको प्रहरी टोली गत असोज ३१ मा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौँ–३ स्थित बाँसबारी सल्लाघारीमा रहेको संजिव भारीको घरमा लुकाई राखिएको जिवित चराचुङ्गीको साथमा पक्राउ गरिएको थियो ।

पक्राउ पर्नेहरुपमा बाँसबारी सल्लाघारी बस्ने ४० वर्षीय संजीव भारी, भारत बिहार घरभई हाल काठमाडौँ १५ स्वयम्भू बस्ने वर्ष ३४ का मोहम्मद उष्मान, बिहारकै मोहम्मद फईम हुन् । त्यस्तै भारत उत्तर प्रदेश लखनउ स्थायी ठेगाना भएका वर्ष ३५ का चांदबाबू मोहम्मद शरीफ सहीद, बारा जिल्ला साबिक डुमरवाना–४ स्थायी ठेगाना भई हाल बुढानिलकण्ठ–१० कपन बस्ने भन्सार एजेन्ट वर्ष ४२ का राज कुमार तिवारी र पाकिस्तान कराँचीका ५५ वर्षीय जावेद अस्लाम खान रहेका छन् ।

उनीहरुको साथबाट सीआईबीले ‘दुर्लभ प्रजातिहरुमा अन्तर्राष्ट्रिय व्यापार सम्मेलन’ (साइट्स) ले प्रतिबन्धीत गरेको संरक्षित जिवित चिम्पाञ्जी २ वटा, साइट्सको परिशिष्ट १ मा रहेको बाँदर प्रजातिहरु ८ वटा तथा परिशिष्ट २ मा रहेका संरक्षित विभिन्न चराचुरुङ्गी गरी १२२ पशुपंछी बरामत गरेको थियो ।

उनीहरुलाई साइट्सको परिशिष्ट १ बमाजिम मात्रा अनुसार ५ देखि १५ वर्षसम्म वा ५ लाख देखि १० लाख रुपैयाँसम्म वा दुवै तथा परिशिष्ट २ बमाजिम २ देखि १० वर्ष वा १ लाखदेखि ५ लाख रुपैयाँ वा दुवै जरिवाना हुनसक्ने सीआईबीले जनाएको छ ।