२२ कार्तिक २०८३, आइतबार

यस्ता छन् बाँकेमा संघ र प्रदेशका उम्मेद्वारहरु

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देबकोटा

बाँके, १७ कात्तिक । बाँके क्षेत्र नम्बर १ मा स्वतन्त्रसहित १३ जना उम्मेद्वारी दर्ता गराएका छन् ।

बाँके क्षेत्र नम्बर १ मा स्वतन्त्रसहित १३ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांगे्रसका माधवराम खत्री, नेकपा माओवादी केन्द्रका महेश्वरजंग गहतराज, संघीय समाजवादी फोरमका लालबहादुर शाह, देशभक्त गणतान्त्रिक मोर्चाका ऋषिराम थारु, राजमोका कमला खडका, विवेकशिल साझा पार्टीका कुसल अधिकारी, नेमकिपाका खडग राज थापा, एकीकृत राप्रपा राष्ट्रवादीका पंकजकुमार शर्मा, नयाँ शक्तिका बुधबहादुर सुनार, राष्ट्रिय जनमुक्ती पार्टीका सोनु गुरुङ र स्वतन्त्र सबिर खाँ,सुरेश कुमार चौधरी र कृष्णबहादुर कार्कीको उम्मेदवारी परेको छ ।

यसैगरी प्रदेश १ मा नेकपा माओवादी केन्द्रका कृष्ण केसी, नेपाली कांगे्रसका शरदचन्द बर्मा, संघीय समाजवादी फोरमका कमसर खाँ, विवकेशिलका दयारम थारु, देशभक्त गणतान्त्रिक मोर्चाका नन्कु गोडिया, नयाँशक्तिका निसिम खाँ पठान, राजमोका पार्वती कार्की, राजपाका रामकुमार दिक्षित, एकीकृत राप्रपा राष्ट्रवादीका रामचरण चौधरी र स्वतन्त्रबाट अमर खडका, दुर्गाप्रसाद थारु तथा हेमकुमार यादव गरी १२ जनाको उम्मेदवारी परेको छ ।

प्रदेश २ मा नेकपा एमालेका आरती पौडेल, नेपाली कांगे्रसका नारायण प्रसाद गौेडल, राष्ट्रिय जनमुक्ति पार्टीका गगनबहादुर थापा, विवेकशिल साझा पार्टीका ज्योती परियार, नयाँ शक्तिका डोलेश्वर भट्टराई, फोरम नेपालका प्रमोद कुमार यादव, राष्ट्रिय शिवसेनाका प्रेमप्रसाद शर्मा, देशभक्त गणतान्त्रिक मोर्चाका प्रेमबहादुर थापाक्षेत्री, नेमकिपाका मुनपसाद आचार्य, राजमोका श्रीराम लामिछाने गरी १ जनाको उम्मेदवारी परेको छ ।

बाँके क्षेत्र नम्बर २ मा १९ जनाले उम्मेद्वारी दर्ता गराएका छन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेका पशुपति दयाल मिश्रा, राप्रपाका ओमप्रकाश आजाद, संघीय समाजवादी फोरम नेपालका मो. इस्तियाक राई, राजपाका विजय गुप्ता, राजमोका कृष्णराज पाण्डेय, एकीकृत राप्रपा राष्ट्रवादीका तेजनारायण कँडेल, नेमकिपाका दलबहादुर परियार, राष्ट्रिय जनमुक्ति पार्टीका धनसिंह रानामगर, विवेकशिल साझा पार्टीका नगेन्द्र कुँवर, देशभक्त गणतान्त्रिक मोर्चाका मदन सिंह अधिकारी, नेपाल संघीय समाजवादी पार्टीका मुनब्बर अली हल्वाई, जन समाजवादीका लिलौं दर्जी र नयाँ शक्तिका वेदप्रसाद आचार्य उम्मेदवार रहेका छन । यसैगरी स्वतन्त्रबाट शिव डोटेल, मुगबहादुर शाह, महमुद आलम सिद्धिकी, भिमबहादुर तामाङ्ग, धुवपसाद दाहाल र अव्दुल हकिम हल्वाईको उम्मेदवारी परेको छ ।

यसैगरी प्रदेश १ मा १४ जनाको उम्मेदवारी परेको छ । नेपाली कांगे्रसका निरञ्जनसिंह सिजापती, नेकपा माओवादी केन्द्रका कामता खटिक, संघीय समाजवादी फोरमका विजयबहादुर यादव, राजपाका आशिषकुमार गुप्ता, राजमोका कले दमाई, देशभक्त गणतान्त्रिक मोर्चाका ठाकुरपसाद काफले, एकीकृत राप्रपा राष्ट्रवादीका दीपककुमार चौधरी, नयाँ शक्तिका फकरुल्ला पठान, जनसमाजवादी पार्टीका मेहदी हसन कवडिया, नेपाल संघीय समाजवादी पार्टीका रेखादेबी मिश्रा, नेमकिपाका लोकमान पुन मगर र स्वतन्त्रबाट सरोजकुमार यादव, जशोदा खत्री, अव्दुल गफफारले उम्मेदवारी दर्ता गराएका छन ।

यसैगरी प्रदेश २ मा नेकपा एमालेका विजयकुमार गुप्ता, नेपाली कांगे्रसका सुरेन्दबहादुर हमाल, संघीय समाजवादी फोरमका दुर्गेशकुमार बैश्य, राजपाका कौसलकुमार मिश्रा, नेपाल संघीय समाजवादी पार्टीका गुलामहुसेन हल्वाई, देशभक्ता गणतान्त्रिक मोर्चाका दिनेशकुमार श्रीवास्तव, जनसमाजवादी पार्टीका मेवालाल हल्वाई, राष्ट्रिय शिवसेना नेपालका रविकान्त गुप्ता, राजमोका रामसागर चमार, विवेकशिलका विनोदकुमार कर्ण, नेमकिपाका समिरकुमार गुरुङ, नयाँशक्तिका सुनिलकुमार सिंघल, एकीकृत राप्रपा राष्ट्रवादीका हरदेबक्स चौधरी र स्वतन्त्रबाट पदमकुमार श्रेष्ठ, प्रेमकुमार यादव उम्मेदवार रहेका छन ।

३ मा ८ जनाको उम्मेदवारी

क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका नन्दलाल रोकाय, नेपाली कांगे्रसका वादशाह कुर्मी, नयाँ शक्तिका वीरेन्द्र पुन, राजपाका महमुद हसन अन्सारी, फोरम नेपालका मनोजकुमार दिक्षित, राजमोका मनबहादुर भण्डारी, नेमकपिाका नगेन्द्र बहादुर बुढाक्षेत्री देशभक्त गणतान्त्रिक मोर्चाका मुकुन्दसिंह वलीले उम्मेदवारी दर्ता गराएका छन ।

प्रदेश १ मा नेकपा माओवादी केन्द्रका इन्द्र प्रसाद खरेल, नेपाली कांगे्रसका सन्तराम थारु, राजपाका देबेन्द्र शुक्ला, फोरमका बलराम अहिर, राजमोका लडकन उमर, नेमकपिाका भक्तबहादुर बुढाक्षेत्री, राष्ट्रिय जनमुक्तिका शकुन्तला पुन, नयाँ शक्तिकाका गोगनबहादुर बम, एकीकृत राप्रपाका मो रज्जब खाँ र देशभक्त गणतान्त्रिक मोर्चाको उम्मेदवारी परेको छ ।

प्रदेश २ मा नेकपा एमालेका बाबुराम गौतम, नेपाली कांगे्रसका लक्ष्मीनारायण शाह, राजपाका राजकुमार बर्मा, फोरमका रामसुहावन कुर्मी, राजमोका रमा आचार्य, नयाँ शक्तिका मो. अख्तर खाँ, विवेकशिलका अमृत लामा, नेकपा माक्र्सवादीका नन्कौं खाँ पठान, देशभक्त गणतान्त्रिक मोर्चाका बुदे बुढा र स्वतन्त्र विजयकुमार पाठक र जाकिर खाँको उम्मेदवारी परेको छ ।

उम्मेदवारी दर्ताअघि असन्तुष्ट पक्षले कांगेस जिल्ला कार्यालयमा तालाबन्दी समेत गरेको थियो ।