२२ कार्तिक २०८३, आइतबार

भक्तपुरमा ड्युटीमा बसेका हवल्दारको मृत्यु

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १७ कात्तिक । भक्तपुरको मध्यपुर थिमि प्रहरी वृत्तमा कार्यरत एक प्रहरी हवल्दारको गएराति ११ बजे अकस्मात् मृत्यु भएको छ ।

कार्यालयमै ड्युटीका क्रममा एक्कासि ढलेका ४३ वर्षीय लालबाबु राउतको मृत्यु भएको वृत्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

ढलेलगत्तै गठ्ठाघरस्थित नागरिक अस्पताल पु-याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । वीरगञ्ज पर्सा निवासी राउतको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । रासस