२२ कार्तिक २०८३, आइतबार

भेरी नदीमा एक जना वेपत्ता

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यान, १७ कात्तिक । सल्यान जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाका एकजना भेरी नदीमा डुवेर वेपत्ता भएका छन् ।

सुर्खेतको तारकुलाबाट पसलको सामान ल्याएर फर्किनेक्रममा बन्गाड कुपिण्डे नगरपालिका वडा न २ भर्सिलका ४७ वर्षीय देवबहादुर राना नदीमा डुवेर वेपत्ता भएका हुन् ।

बिहीबार साँझ साढे ६ बजेतिर कल्यान भन्ने स्थानबाट भेरी नदी तर्नेक्रममा डुवेर वेपत्ता भएको उनका छोरा गोविन्द रानाले जानकारी दिए ।

वेपत्ता रानाको खोजी कार्य भई रहेको इलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ ।