पर्वत, १७ कात्तिक । नेपाली कांग्रेसका नेता तथा पूर्व जिल्ला उपसभापति राम शर्मा पौडेलले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन ।
पवर्तमा निवर्तमान सांसद अर्जुनप्रसाद जोशीले उम्मेदवारी दर्ता गराएका हुन् । पर्वतको प्रदेश सभा ‘क’ मा प्रत्यक्षतर्फ उमेदवारीको दावा गर्दै आएका शर्माले प्रतिनिधि सभा सदस्यको लागि बागी उम्मेदवारी दर्ता गराएका हुन् ।
बागी बनेका पौडेल २०५१ सालमा पर्वत क्षेत्र नं १ बाट प्रतिनिधी सभामा बिजयी भएका इन्दु शर्मा पौडेलका भाई हुन् ।
बागी उम्मेदवारी दिएका पौडेलले पैसा नभएकै कारण आफूले टिकट नपाएको प्रतिक्रिया दिएका छन् ।
कांग्रेसका तर्फबाट जोशीलाई टिकट दिएको भनेर बागी उम्मेदवार पौडेलले विरोध गर्दै आएका छन् । प्रदेशसभा ‘क’ मा पूर्वसभापति नबराज गुरुङ र ‘ख’ मा महाधिबेशन प्रतिनिधी राजेन्द्र तिवारी उमेदवार भएका छन् ।












प्रतिक्रिया